मौसम अनुकुल भएसँगै उड्न थाले जहाज

मौसम अनुकुल भएसँगै उड्न थाले जहाज

मौसम अनुकुल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाइ सेवा सञ्चालन भएको छ।     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आइतबार राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ आईएफआर प्रणालीमा उडान…

सुकिला नोटको वितरण आजबाट सुरु

सुकिला नोटको वितरण आजबाट सुरु

नेपालीहरुको महान पर्व बडादसैँका लागि नेपाल राष्ट्र बैंकले ‘सुकिला नोट’ को वितरण आजबाट सुरु गर्ने भएको छ । बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका…

प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी–पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान…

हेटौंडा–काठमाडौं जोड्ने सबै सडक थप्प

हेटौंडा–काठमाडौं जोड्ने सबै सडक थप्प

बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सबै सडक थप्प भएको छ । बिहीबारबाट परेको अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा आएको बाढी र पहिरोले गर्दा हेटौंडाबाट काठमाडौं जाने लामो तथा छोटो दुरीका सबै…

आज दिनभर वर्षा, बेलुकादेखि कम हुँदै जाने

आज दिनभर वर्षा, बेलुकादेखि कम हुँदै जाने

अहिले देशको कोशी, मधेश बाग्मती र गण्डकी प्रदेशका सबैजसो ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुसहित भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै…

बाढीपहिरो : काठमाण्डौ उपत्यकामा ३२ जनासहित देशभर कम्तीमा ५० जनाको ज्यान गयो, १५ जना भन्दा धेरै बेपत्ता

बाढीपहिरो : काठमाण्डौ उपत्यकामा ३२ जनासहित देशभर कम्तीमा ५० जनाको ज्यान गयो, १५ जना भन्दा धेरै बेपत्ता

मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर कम्तीमा ५० जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको ज्यान गएको छ । दिउँसोसम्म काठमाण्डौमा…

नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलियो, ५६ वटै ढोका खोलेपछि कोशीमा `रेड अलर्ट´ जारी

नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलियो, ५६ वटै ढोका खोलेपछि कोशीमा `रेड अलर्ट´ जारी

पानीको सतह बढेपछि नवलपरासीमा रहेको नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ वटै ढोका खोलिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला…

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा : पहिरोमा पुरिएको आशङ्का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ। उनीहरुको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताए। कुलेखानी जलविद्युत्…

कोशी, बाग्मती, नारायणीलगायत मुख्य नदीका १५ ठाउँमा जलसतह खतराको तहभन्दा माथि

कोशी, बाग्मती, नारायणीलगायत मुख्य नदीका १५ ठाउँमा जलसतह खतराको तहभन्दा माथि

मुसलधारे वर्षाका कारण नदीहरुमा जलसतह बढेको छ । दिउँसोपछि पानी पर्नेक्रम कम भए पनि अझै विभिन्न नदीको १५ ठाउँमा जलसतह खतराको तहभन्दा माथि रहेको छ । बाढी पूर्वानुमान् महाशाखाका अनुसार बाग्मती नदी अन्तर्गत मनोहराले काठमाण्डौको…

नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक

नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक

स्थानीय प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा…