मक्रान्डाँडा-धमिले टोल विकास संस्थाको अध्यक्षमा लामिछाने चयन

मक्रान्चुली – मकवानपुरगढी ३ अन्तर्गत रहेको मक्रान्डाँडा-धमिले टोल विकास संस्थाको अध्यक्षमा धमिले निवासी कृष्ण लामिछाने चयन भएका छन् । मंगलबार भएको टोलको भेलाले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो ।

यसैगरी समितिको उपाध्यक्षमा राजु पन्त , सचिवमा रामचन्द्र अधिकारी र कोषाध्यक्षमा मधु विक चयन भएका छन् । समितिको सदस्यहरूमा भगवान शाह , रामप्रसाद तिमल्सिना , केदारप्रसाद पुडासैनी , दिवाकर दाहाल , फुलमाया लुङ्वा , दिनेश न्यौपाने र अनिता तिमल्सिना चयन भएका छन् ।

३ नं वडाका वडाध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यतामा भएको भेला टोलविकास संस्थाका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद दुलालको सभाध्यक्षतामा भएको थियो ।

समाज