प्रतिनिधिसभा बैठक आज पनि बस्दै, प्रतिनिधिसभामा आज चार मन्त्रालयका बजेट शीर्षकमाथि छलफल

काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने छ। 

प्रतिनिधि सभामा केहीदिनदेखि बजेटमाथिको मन्त्रालयगत छलफल जारी छ। हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल भएको थियो। त्यस्तै कानुन न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विनियोजन शीर्षकमा पनि छलफल भइसकेको छ।  

Uncategorized मुख्य समाचार