मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो वार्षिक उत्सवमा रक्तदान र बिरामीहरुलाई फलफुल वितरण

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो दोश्रो वार्षिक उत्सवमा हेटौंडा अस्पतालमा रक्तदान र बिरामीहरुलाई फलफुल वितरण कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा प्रतिष्ठानका कर्मचारीहरुसहित गरेर २८ जनाले रक्तदान गरेका थिए ।

यसैगरि,वार्षिक उत्सवमा हेटौंडा अस्पतालमा उपचाररत ७० जना बिरामीलाई फलफुल वितरण गरिएको थियो। प्रतिष्ठानले जुस, केरा, स्याउ सहितको फलफुल वितरण गरेको थियो । फलफुल वितरण गर्दै प्रतिष्ठानका पदाधिकारीले बिरामीको शिघ्र स्वास्थ लाभको कामना गरेका थिए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशी, रजिष्टार राजेश प्रसाइ, शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सतिश कुमार देव, कार्यक्रम संयोजक चिरञ्जीवि चुडाल, प्रमुख प्रशासकिय अधिकृत अमर अधिकारी लगायतकाले बिरामीलाई प्रत्यक्ष भेटेर फलफुल वितरण गरेका थिए ।khabar break

समाचार