हुप्राचौरमा पोलमा चढेर बत्तीको काम गर्दा   करेन्ट लागेको एक जना  घाइते  

हेटौंडा । मकवानपुरको हेटौंडा-४ हुप्राचौरमा पोलमा चढेर बत्तीको काम गर्दा   करेन्ट लागेको एक जना  घाइते भएका छन्। 
मंगलबार दिउँसो हेटौडा-४ हुप्राचौर स्थित बिजुलिको पोलमा काम गर्दा नेपाल बिधुत प्राबिधिकरण हेटौडा बितरण केन्द्र भुटनदेबी मा कार्यरत हेटौंडा-८ कमाने बस्ने ४६ बर्षीय शम्भु थापालाई करेन्ट लागेको थियो। करेन्ट लागेर थापा घाइते भएका छन्। 
उनको टाउको र खुट्टामा चोट लागेको र मध्यम अवस्थामा भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्। 

 ।

समाचार समाज