मन्त्री बन्न आफ्नै घरमा आगो लगाउनेबाट बिकास संभव छैनः बर्तौला 

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले एक थान मन्त्री बन्न आफ्नै घरमा आगो लगाउनेबाट मकवानपुरको बिकास संभव नभएको बताएका छन् ।
मकवानपुरको कैलाश गाउँपालिका ५, गोगनेमा सोमबार भएको कार्यकर्ता भेटघाट् कार्यक्रमलाई संबोधन गर्दै उनले मन्त्री पाउका लागि जे पनि गर्ने र कामै नगर्नेबाट फेरी पनि आस गर्न नसकिने बताए । कैलाश क्षेत्रमा अहिलेपनि माध्यमिक तह अध्ययन गर्न भौगोलिक तथा बर्षाका कारण समस्या रहेको बताउदै उनले पालिका स्तरीय एक आवसिय बिधालय निर्माण गर्ने बर्तौलाले दावी गरे ।
उनले आफु एक थान साँसदको फुलि लगाउन नभई जनताको सेवा गर्न उम्मेदवार बनेर नागरिकको घरदैलोमा आएको बताए । घर्तिखोलाबाट डाँडाबास हुँदै डाँडाखर्क भार्ताबाट मनहरी सडक स्तरोन्नति गर्न आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बर्तौलाको भनाई थियो । 
कार्यक्रममा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नमबर–२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले एमालेले यो निर्वाचन जितेपछी अहिले पाउदै गरेको ४ हजार सामाजिक सुरक्षा भत्ता बढाएर ५ हजार पुर्याउने दावी गरे । आफुले सुखी नेपाली समृद्ध नेपाल निर्माणमा भुमिका खेल्ने  उम्मेदवार थापाको भनाई थियो ।

मुख्य समाचार राजनीति समाचार