साफ यू–१५ : नेपाल र बंगलादेश भिड्दै

  साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज  दोस्रो खेल खेल्दैछ।

नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ। ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।

नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ। तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन।  बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।

आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो। 

नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ। बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान रहेको छ। भुटान अंक विहीन रहदै पुछारमा छ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ।

खेलकुद समाचार