समानुपातिकतर्फको मतगणना सकियो : कुन दलले कति पाए ?

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ ।

“मत गणना सम्पन्न भएको छ । आयोगको वेबसाइटमा राखिएको मत नै फाइनल मत हो,”

आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ  । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ । उसनले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ ।  दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ ।  त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ ।  चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ  राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ ।

Uncategorized मुख्य समाचार राजनीति समाचार