नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत मकवानपुरगढी-६ मा कार्यकर्ता भेला, प्रशिक्षण र सम्मान कार्यक्रमको आयोजना

नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत
नेकपा एमाले मकवानपुरगढी ६ नं वडामा वडा स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य माननिय एकालाल श्रेष्ठको प्रमुख आतिथ्य एवं नेकपा एमाले प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं ग्रासरुट अभियानका प्रमुख शिबहरि दाहालको बिशेष आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एमाले पार्टी गाउँकमिटीका उपाध्यक्ष जितबहादुर घिमिरे, सचिब नानीराम तिमिल्सिना, अनेरास्ववियु जिल्ला सचिब पुष्कर तिमल्सिना, गाउँ कमिटीका सदस्यहरु, जिल्ला सल्लाहकार परिषदका सदस्यहरु तथा विभिन्न जनवर्गिय संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अबसरमा नेकपा एमालेका सेल्टरदाता, अग्रज एवं जेष्ठ पार्टी सदस्यहरु गरि २० जनालाइ पार्टी निर्माण र बिस्तारमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको नेकपा एमाले मकवानपुरगढी ६ का अध्यक्ष दुव प्रसाद खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले समसामयिक राजनैतिक अबस्था र नेकपा एमालेको भुमिका, प्रदेश कमिटी सदस्य तिमल्सिनाले पार्टी निर्माण र समाजवाद तथा
ग्रासरुट अभियानका प्रमुख दाहालले मिसन ग्रासरुट अभियान र नेकपा एमालेको कार्यदिशाका बारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रम पार्टी वडा अध्यक्ष दुव प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका केही तस्बिरहरु

बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार स्थानीय