रेडक्रस उपशाखा दामनको निर्वाचन कार्यक्रम सार्वजनिक

थाहानगर- नेपाल रेडक्रस सोसाईटी दामन उपशाखाको आगामी २ बर्षे कार्यकालको लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

यहि बैशाख १८ गते सोमबारका दिन बिकास घर शिखरकोटमा हुने निर्वाचनको लागि निर्वाचन कार्यक्रमलो तालिका सहित मतदाता नामावली समेत प्रकाशन गरिएको दामन उपशाखा सभापति तथा जिल्ला सदस्य राज कुमार केसीले जानकारी दिनुभयो ।

निर्वाचन कार्यक्रम अनुसार १८ गते बिहान ११ बजेदेखि १२ बजे सम्म उम्मेद्वारको मनोनयन पत्र दर्ता गरिने छ भने दिउँसो २:१५ बजे देखि ४:१५ बजेसम्म निर्वाचन हुने सभापति केसीले बताउनुभयो ।

उहाँका अनुसार उपशाखामा सभापति १ जना, उपसभापति (महिला) १ जना, सचिब १ जना, कोषाध्यक्ष १ जना, उपसचिब १ जना, उपकोषाध्यक्ष १ जना, १ जना महिला सहित ५ जना सदस्य समेत ११ जना निर्वाचित हुने ब्यवस्था रहेको छ । उपशाखा अन्तरगत १७९ जना आजीवन सदस्यहरु रहेका छन् ।

सामाजिक सेवामा सक्रिय नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनको आगामी कार्यसमिति सहमतिमा सर्वसम्मत चयन गर्न उपशाखा सभापति तथा जिल्ला सदस्य केसीले सम्पूर्ण आजीवन सदस्यहरुलाई अनुरोध गर्नुभएको छ ।

मुख्य समाचार समाचार समाज