हेटौंडाको एभोकाडो होटलमा जुवाको खाल, २ लाख ५४ हजारसहित ५ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगर २ स्थित एभोकाडो होटलमा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।

आज साँझ ५ः४० बजे एभोकाडो होटलको कोठा नम्बर २०८ मा अवैध जुवा खेली खेलाइ रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा-१ बस्ने ४० वर्षीय बलराम विश्वकर्मा, हेटौंडा-१२ बस्ने ३५ वर्षीय दिपक घले, चितवन भरतपुर महानगर २ घर भई हाल हेटौंडा-४ बस्ने ४५ वर्षीय सुन्दरकुमार श्रेष्ठ, हेटौंडा-५ बस्ने ३४ वर्षीय सहदेव लम्साल र हेटौंडा-४ का ४२ वर्षीय प्रकाश मानन्धर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार उनीहरुको साथबाट दुई लाख ५४ हजार ४२० रुपैयाँ, २ बुक सिल भएको तास, २ बुक खुल्ला तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन ७६ थान बरामद गरिएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाज