लागूऔषधसहित हेटौंडाबाट बर्तौला पक्राउ

मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित सार्वजनिक शौचालयबाट आइतबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर बस्ने ४४ बर्षीय मनोज बर्तौला रहेका छन् । उनलाई लागूऔषध खैरो हिरोइनको धुलो १ ग्राम ३५० मिलीग्रामसहित पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा पुगेको प्रहरीले बर्तौलालाई शंका लागि चेकँजाच गर्दा उनको साथबाट सो परिमाणको खैरो हिरोईन बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

उक्त लागूऔषधसहित पक्राउ परेका बर्तौलामाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।

समाज