मकवानपुरगढीमा भएको सार्वजनिक सुनुवाइमा स्थानीयको गुनासो र बागमतीका सांसद, मन्त्रीको संबोधन

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ भालुखोलामा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । जनपत्र मिडिया प्रालि हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा स्थानीय स्तरमा हुने गरेको आगलागी, चट्याङ्, बाढी, पहिरो जस्ता विपद्का विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

यस सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय वासिन्दाहरुले आफ्ना गुनासो बागमती प्रदेशका मन्त्री र सांसदहरुलाई राखेका छन् । सांसद र मन्त्रीहरुले त्यो गुनासोलाई संबोधन गर्ने प्रतिवद्धता व्यक्त समेत गरेका छन् ।

स्थानीय मन्दिरा केसीः अब मकवानपुरगढीमा बाढी, पहिरोको निकै जोखिम छ । चट्याङका कारण धेरेको मृत्यु हुने गरेको छ । सामरी खोलामा आउने बाढी, र ज्यामिरे खोलामा आउने बाढीका कारण यहाँको ठुलो वस्तीनै जोखीममा रहेको छ । यसबाट बचाउनका लागि बागमती प्रदेशसभाका सदस्यहरुले ध्यान दिन जरुरी छ । विपद् न्यूनीकरणका लागि बजेट ल्याएर काम गर्नका लागि पनि आग्रह गर्दछु ।

स्थानीय रामचन्द्र हुमगाई ः आगालागी भएमा निभाउन दमकल नै जान नसक्ने स्थानमा आगो लाग्दा निभाउनको लागि तालिमप्राप्त टिम तयारी अवस्थामा राख्न प¥यो ।

नारायणप्रसाद बञ्जराः वनक्षेत्रमा तारजाली गर्नुपर्ने । वन्यजन्तुले बाली नाश गरेर हैरान पा¥यो । आगलागीका कारण वस्तीनै जोखिममा छ । खोलाबाढीको समस्या त्यतीकै छ । सांसद मन्त्रीहरुको यसमा ध्यान जाओस ।

गोविन्द दुलालः बाढी, पहिरो, चट्याङबाट वर्षेनी २ देखि ४ जानको मृत्यु हुने गरेको छ, हाम्रा जनप्रतिनिधि सांसद र सरकार के हेरेर बसेको छ ? योजना के के बनायो सरकारले ?

रेड्क्रम उपशाखा सभापती नानीराम तिमल्सेनाः वन जोगाउन र डढेलो रोक्न अग्नी नियन्त्रण रेखा बनाउन सकिने, तालिमप्राप्त जनशक्तिको अभाव, सबै उपभोक्तालाई अग्नी नियन्त्रणबारे आधारभूत तालिम आवश्यक छ । मकवानपुरगढी गाउँपालिका चट्याङको उच्च जोखिममा रहेको छ तर यसको प्रभाव कम गर्ने योजनाबारे केही जानकारी भएन । विपद व्यवस्थापनको लागि दक्षजनशक्ति आवश्यक । विपद परिहालेमा उद्वार गरी उपचारमा लैजान हेलिप्याडको खाँचो छ ।

स्थानीय अजुर्न न्यौपानेः खोलमा तटबन्धन हुनुप¥यो, तार जाली लगाएर झारा टारेरमात्रै हुदैन । सिमेन्ट खानीको ओभर बटमको कारण बाढीपहिरोमो त्रास अति छ । यसलाई सरकारले कसरी हेरीरहेको छ ? चरण क्षत्रको अतिक्रमण पनि बाढी पहिरोको क्षति बढाएको छ । हाम्रा प्रदेशसभाका सदस्यहरुले यसमा ध्यान दिनुपर्यो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलीया ः आगालागी, वन डढेलो जस्ता सवालमा व्यवस्थापनको सवाल नै प्रमुख हो । वन जोगाउन हिजो जनतामा जुनप्रकारको जतन/ चासो देखिन्थ्यो आज त्यो छैन । बेवास्ता बढेकोले चुनौति बढेको हो ।

निययन्त्रणको लागि अब सचेतना बढाउनुको अर्को विकल्प छैन । पर्या–पर्यटनालाई जोगाउनु पर्छ । यसमा जनताको चासो र चिन्ता चाहिन्छ । पहिरो नियन्त्रण संभव छ । यि सवालहरुमा विज्ञसँग छलफल गरेर आगामी बजेटबाट सम्बोधन गर्न प्रदेश सरकार तयार छ । बाढी, पहिरोको जोखीम न्यूनीकरणको कामसंगै अब भने तटबन्धन निर्माण गर्नका लागि प्रदेश सरकारले सहयोग गर्छ । बाढी, पहिरोको जोखिम न्यूनीकरणका लागि हामी सबै मिलेर काम गर्ने छौं । चट्याङको समस्या पनि यहाँ रहेछ । यसका लागि सरकारले अध्ययन गरेर यसको न्यूनीकरणका लागि काम गर्ने छ ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलः उचित समयमा उचित कार्यक्रम भएको छ । बजेट र योजना बनाउने बेलामा जनताको गुनासा सुन्न पाउनु भनेको योजनालाई समेट्न सजिलो हुनु हो । जनताको ज्यू धनको सुरक्षा हामी जनप्रतिनिधिहरुको कर्तव्य हो । बन्नेवाला योजनामा जनगुनासाहरुलाई समेट्न कोशिस गरिनेछ । आगालागी नियन्त्रणको लागि पूर्वतयारी आवश्यक भएको आभाष हामीले पनि गरेका छौ ।

प्रदेशको कुल भुभागको ५३ प्रतिशत जनिम वनले ढाकेको छ । वनलाई आर्यआर्जनसँग जोड्न र वनको काठ प्रयोग गर्न प्रदेश सरकारले यसअघि (चैत्र २० गते) नै स्वदेशी काठमात्रै प्रयोग गर्ने निर्णय गरिसकेको छ । वनमा डढेलो लाग्नै नदिन र वनलाई जनजीविकासँग प्रदेश सरकारलाई दबाब पुगेको छ । स्थानीय समूह, स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको समन्वयमा यस्ता विपद रोक्नको लागि सहकार्य गर्नुपर्छ ।

बागमती प्रदेश सभा सदस्यः भारती पाठक

वन डढेलोले मानवीय क्षतिको समेत जोखिम बढेको छ । वन डढेको आवश्यक पनि छ तर अहिले व्यवस्थापनको कमजोरी र सिपको अभावनको कारण वन डढेलो विपद बन्न पुगेको हो । वनमा डढेलो लाग्न नदिन सचेत हुनु भन्दा लार्पवाही बढी हुन थालेको छ । यसको बारेमा बहस हैन पूर्व तयारी आवश्यक छ । वनको काठ, जडिबुढी नष्ट भएको छ । जोगाउन जनचेतना सिप पनि चाहिएको छ ।

अग्नी नियन्त्रणमा लाग्नेहरुको सुरक्षामा प्रदेश सरकारले के गर्दा होला मेरो समितिमा सल्लाह गर्नेछु । बाढी, पहिरोको नियन्त्रणका लागि हामी सबै एक जुट भएर लाग्नेछौं । वर्षायामको पूर्व सन्ध्यामा यो कार्यक्रम गर्नाले पनि यसको जोखिम न्यूनीकरणका लागि थप सहज हुने छ ।

बागमती प्रदेश सभा सदस्यः लक्ष्मी श्रेष्ठः सबैले आ आफ्नो स्थानबाट विपदबाट बच्न ध्यान दिनु पर्छ । अहिले बागमती प्रदेशमा बिपदका घटना धेरै भएका छन् । आगलागीबाट धेरै धनजनको क्षति पनि भएको छ । यसमा संसदमा कुरा उठाउने छौं । बाढी, पहिरोको जोखिम नियन्त्रणका लागि सरकारको ध्यानाकषर्ण गराउने छौं ।-janapatra

मुख्य समाचार समाचार समाज स्थानीय