बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा आज बैठक बस्दै छ । दिउँसो ३ बजे बैठक बस्ने प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्य सूची रहेको छ ।

संसदमा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार बैठकमा विशेष समयको व्यवस्था समेत रहेको र उक्त समयमा सांसदहरूले धारणा राख्ने छन् ।

प्रदेशसभा बैठक बस्नु अघि दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले संसद्को कार्य सुचीलाई अन्तिम रूप दिनेछ ।
सोमबारबाट सुरु भएको प्रदेश सभाको चौथो अधिवेशन बैठकमा दलगत रूपमा सांसदहरूले शुभकामना राखेका थिए भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो । संसदमा पेस भएको सो अध्यादेश ६० दिन भित्र प्रतिस्थापन विधेयक सहित पारित गर्नुपर्ने व्यवस्था रहेको छ ।
प्रदेश सरकारको गत वैशाख २३ गते बसेको मन्त्रीपरिषद् बैठकले सो अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले वैशाख २३ गते सो अध्यादेश जारी गरेका थिए ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति