बागमती प्रदेश सभाः संसदीय विशेषाधिकार समितिको गठन

बागमती प्रदेश सभाको संसदीय विशेषाधिकार समितिको गठन गरिएको छ । प्रदेश सभाको आज अपराह्न बसेको बैठकबाट उक्त समिति गठन गरिएको हो ।

सो विशेषाधिकार समितिमा क्रमशः कृष्णप्रसाद शर्मा खनाल, कृष्णप्रसाद सिलवाल, गिरबहादुर तामाङ, गोविन्द प्रसाद लम्साल, जयराम थापा, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रभात तामाङ, बिन्दु श्रेष्ठ, मायादेवी शर्मा, रत्नप्रसाद ढकाल, राजु विष्ट, राकृष्ण चित्राकार, सुस्मा भुजेल न्यौपाने, सरिता खड्की, सुना परियार र सुरेन्द्रराज गोरसाईँ रहेका छन् ।

बैठकमा प्रदेश सभाका सदस्य रत्नप्रसाद ढकालले नेपालको संविधानको धारा १९३ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १६७ को उपनियम १ बमोजिम उक्त समितिको सदस्यहरुको नाम प्रस्तावित गरेका थिए ।

उक्त प्रस्तावको प्रदेश सभाका सदस्यहरु क्रमशः गोविन्द्र प्रसाद लम्साल, मधुसुदन पौडेल, कुमारी तामाङ र कृष्णप्रसाद शर्मा खनालले समर्थन गरेका थिए ।

सोही बैठकले सो विशेषाधिकार समितिको अनुमोद गरेको सभामुख भुवनकुमार पाठकले घोषणा गरे ।

यस्तै, सभामुख पाठकले दुई वटा समितिको सदस्य हेरफेर गरेको घोषणा गरे । उनले प्रदेश मामिला समितिमा रहेका आनन्द कुमार श्रेष्ठलाई उद्योग, पर्यटन तथा वातारवण समितिमा र उद्यो, पर्यटन तथा वातावरणमा रहेका प्रेमभक्त महर्जनलाई प्रदेश मामिला समितिमा हेरफेर गरेको घोषणा गरेका हुन् ।

सभामुख पाठकले प्रदेश सभा नियमावली २०७४ को नियम १५० बमोजिम उनीहरुलाई समिति सदस्यमा हेरफेर गरे ।

प्रदेश सभाको अर्को बैठक भोलि जेठ ६ गते आइतबार बिहान ११ बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति