बागमतीमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो

बागमती प्रदेशमा एक साताको अवधिमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीन रोगविरुद्धको खोल लगाइएको छ ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको साताव्यापी खोप अभियानअन्तरगत प्रदेशमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो ।

मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत गत साउन २४ गतेदेखि साउन ३३ गतेसम्म संचालन गरिएको पशुपन्छी विकास महाशाखाका पशु सेवा अधिकृत डा. सन्तोष अधिकारीले जानकारी दिए ।

सो अवधिमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको छ । त्यहाँ १० हजार २ सय १९ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाएको पशु सेवा अधिकृत डो अधिकारीले बताए ।

यसैगरी, काठमाडौंमा ५ हजार १ सय ३६, ललितपुरमा २ हजार १ सय ४५, भक्तपुरमा ६ सय ९४, धादिङमा ७ हजार ४ सय ९२, काभ्रेपलाञ्चोकमा ८ हजार ५ सय १३, नुवाकोटमा ८ हजार ४८, रसुवामा ४ हजार ४ सय १०, सिन्धुलीमा ५ हजार ४ सय ३७, रामेछापमा ४ हजार २ सय ३२, दोलखामा ७ हजार २ सय ८७, सिन्धुपाल्चोकमा १३ सय २, र मकवानपुरमा ७ हजार १२ वटा पशुलाई खोप लगाएको डा. अधिकारीले बताए ।

यस वर्ष ७६ हजार २ सय ७५ वटा पशुमा भ्याक्सिन लगाउने लक्ष्य लिएको मन्त्रालयले लिएको थियो ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्थानीय