काठमाण्डौसहित केही ठाउँको मौसम सुधार, मनसुनी वायुको प्रभाव बाँकी नै

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हिजोदेखि मौसममा सुधार आएको छ । तर मनसुनको अवधि अझै एक महिना बाँकी भएकाले पानी पर्ने सम्भावना भने कायमै छ । अहिले देशका धेरै ठाउँको मौसम सफा रहे पनि दिउँसो र बेलुकीपख केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद विष्णु घिमिरेले जानकारी दिनुभयो । त्यस्तै कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा र बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो । सामान्य गतिमा भित्रने र बाहिरिने अवस्थामा मनसुनी अवधि एक सय १२ दिनको हुन्छ । नेपालबाट मनसुन बाहिरिने औषत दिन अक्टोबर २ तारिख हो । सरदर मिति अक्टोबर २ तारिख भए पनि पछिल्ला पाँच वर्षको मनसुन बाहिरिने मिति छिटोमा अक्टोबर ११ भएको देखिएको छ । आज सेप्टेम्बर ९ भएकाले मनसुनको अवधि अझै झण्डै एक महिना बाँकी छ ।

समाचार समाज स्थानीय