बागमतीको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा प्रदिप ज्ञवाली नियुक्त

बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा प्रदिप ज्ञवाली नियुक्त भएका छन् । बागमती प्रदेशको आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । एमालेका तर्फबाट ज्ञवालीलाई नियुक्त गरिएको हो ।

पहिले उपकुलपति रहेका प्राध्यापक डाक्टर विश्वराज जोशीको पदावधि सकिएपछी लामो समय देखि प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन सकेको थिएन । तर, आज प्रदेशका मख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा भएको बैठकले ज्ञवालीलाई नियुक्तको निर्णय गरेको हो ।

मुख्य समाचार राजनीति समाचार समाज