दसैंमा राति पनि उडान हुने

संस्कृति पर्ययटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका छन् ।

मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको जनाएका छन् । मन्त्री पाण्डेले भने, ‘बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णीमाको दिनसम्म त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल, गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाइएको छ ।’

साथै मन्त्री पाण्डेले रात्रिकालिन उडान हुने सम्पूर्ण विमानस्थलमा विहान साढे चार बजेदेखि राति अपरेसनको समयमा आवश्यकताअनुसार उडान हुने जानकारी दिएका छन् ।

मुख्य समाचार राजनीति समाचार समाज