चुच्चेखोला सामुदायिक वनको बार्षिक साधारणसभा सम्पन्न

हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिल्वालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री सिल्वालले वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका महत्त्वपूर्ण रहेको बताए । उपभोक्तामार्फत वन संरक्षणको यो अवधारणा विश्वमै उदाहरणीय रहेको बताए ।
कार्यक्रममा अध्यक्ष कटुवालले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक गोपालचन्द्र भट्टराईले लेखा प्रतिवेदन र कोषाध्यक्ष कमला दाहालद्वारा आव ०८१/०८२ को १ करोड ७८ लाख रूपैयाँको प्रस्तावित कार्यक्रम र अनुमानित आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वन डढेलो नियन्त्रणमा सहयोग गर्ने कमल पुडासैनी, मनिष न्यौपाने, नवराज सञ्जेल, रविराज पुडासैनी, बोधनाथ तिमल्सिना, गोपिनाथ भण्डारी, मधु राई, सेते घलान, शिव शर्मा ढुंगाना, आशिष थिङ, दुर्गाप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।
त्यस्तै, ज्येष्ठ नागरिक सम्मानतर्फ हर्कबहादुर दोङ, पूर्णबहादुर स्याङ्तान, विष्णुप्रसाद पुडासैनी, जगन्नाथ देवकोटा, महकुमारी तिमल्सिना, गोविन्दप्रसाद प्रजापतिलाई सम्मान गरिएको थियो भने सालक फेला पारी हस्तान्तरण गर्ने विजय राई, प्रल्हाद चौलागाईं, आइतिमाया डिम्डुङ, सन्तोष श्रेष्ठ, हर्कबहादुर गोले र  रतुवा मृग फेला पारी हस्तान्तरण गर्ने कुमलटार युथ क्लबलाई सम्मान गरिएको थियो ।
२०८० सालको एसईईमा उत्कृष्ट अंक ल्याउने चण्डिका माविका सुशील थिङ, सन्जिता नेपाल, कक्षा ८ मा विज्ञान तथा वातावरण विषयमा उत्कृष्ट अंक ल्याउने बन्दना गौतम, सुआर्य नेपाल, विधान पाख्रिन, सरस्वती अर्याल, निरजरा रूम्बा, दिलिप ढकाललाई सम्मान गरेका थिए भने चण्डिका मावि, सरस्वती आधारभूत बिद्यालय र लक्ष्मी आधारभूत विद्यालयलाई सम्मान गरिएको थियोे ।
कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत वसन्तराज गौतम, वन समूहका पुर्व अध्यक्ष उदय विडारी, वन समूहको तर्फबाट रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुबहादुर न्यौपाने, डव्ल्युआरआरएनकी आरती पाठक, नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य घनप्रसाद गौतम, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, वनस्पति व्यवस्थापन केन्द्रका प्रमुख रघुराम पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मुख्य समाचार समाचार समाज