हेटौंडाबाट एक युवक पक्राउ

पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट आज बिहान अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा थाहा नगरपालिका–२ पालुङ बस्ने २४ वर्षीय सुजन तामाङ रहेको प्रहरीले जनाएको छ ।

तामाङलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले करिब १ सय ७ किलोग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा.१२ च २८८५ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा प्लाष्टिकमा प्याकिङ गरेको १४ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेका तामाङ गाडी चालक हुन् । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।

समाचार समाज स्थानीय