मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्राञ्चीमा रहेकाे हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाकाे २६ आै वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएकाे छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेकाे प्रमुख आतिथ्यता एवम संस्थाकि अध्यक्ष जानकी दाहालकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हाे । यहि असोज ३ गतेबाट वडावाइज रुपमा शुरु गरिएको साधारणसभाको शुक्रबार समापन भएको हो ।
साधारणसभामा संस्थाकी अध्यक्ष दाहालले संस्थागत प्रतिवेदन , लेखा समिति सदस्य शुभेच्छा दाहालले लेखा समितिकाे प्रतिवेदन र ब्यवस्थापक शुभद्रा घिमिरेले आव ०८१/०८२ काे अनुमानित आयब्यय विवरण पेश गरेका थिए ।
साधारणसभामा मकवानपुरगढी २ का वडा अध्यक्ष बखान सिंह पाख्रिन र मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्याैपानेको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य विदुर हुमागाई, मकवानपुरगढी गाउँपालिका सहकारी शाखा प्रमुख सूर्य बहादुर गुरुङ, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल, जागरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शत्रुघन दुलाल, सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिडारी, श्रमिक साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष रिता योन्जन, धमिले कृषि सहकारी संस्थाका सचिव केदार पुडासैनीको आतिथ्यता रहेको थियो ।
त्यस्तै भेलामा रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यापाने, चुच्चेखाेला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, भानु माविका अध्यक्ष खिल प्रसाद चाैलागाई, संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार शाेविता पाेखरेल, सल्लाहकार कृष्णप्रसाद पाेखरेल, संचारकर्मी द्वय एमपी शर्मा र भिमसेन पौडेल लगायतकाकाे आतिथ्यता रहेकाे थियाे ।
साधारणसभामा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरुलाई पुरस्कृत गरिएको थियाे । जस अन्तर्गत उत्कृष्ट ऋणी तर्फ भीमकुमारी चाैलागाई, काईलीमाया घलान, असली बचतकर्ता तर्फ मुना घाेरसाईनी, बाल बचतकर्ता शुप्रभा चाैलागाई, प्राप्ती घिमिरेका साथै विपन्न बर्गका विधार्थी,पाठापाठी साटासाटमा उत्कृष्ट काम गर्ने सदस्यरुलाई समेत पुरस्कृत गरिएको थियाे ।
साविक मकवानपुरगढी गाविसको सिंगो गाविस अर्थात् वर्तमान मकवानपुरगढी गाउँपालिकाे वडा नं १,२,३, र ४ कार्यक्षेत्र रहेकाे सहकारीमा १ हजार ३९९ शेयर सदस्यहरु आवद्व रहेका छन । भने सहकारीकाे शेयर पूजी ३१ लाख ९० हजार, निक्षेप ४ कराेड ६६ लाख र कर्जा लगानी ५ कराेड ६२ लाख रहेकाे छ ।