कामधेनुको साधारणसभा, नयाँ कार्य समिति पुनः विडारीको नेतृत्वमा

हेटौंडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेसन सम्पन्न भएको छ ।सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता तथा हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

सहकारीले आव २०८०/८१ मा तीन करोड २२ लाख २२ हजार ५७० रुपैयाँको कुल कारोबार गरेको छ । ३३ लाख ४२ हजार ९६० रुपैयाँ शेयर पुजीँ रहेको संस्थामा ७ लाख २७ हजार १८१ रुपैयाँ जगेडा कोष रहेको संस्थाका व्यवस्थापक भीमसेन पौडेलले बताए । संस्थाको बचत निक्षेप २ करोड ३६ लाख ९३ हजार ३४४ रुपैयाँ छ भने सहकारीले आफ्ना सदस्यलाई २ करोड ५४ लाख ४९ हजार कर्जा लगानी गरेको छ । सहकारीले आव २०८०÷०८१ मा मात्रै एक करोड १३ लाख ३५ हजार ऋण प्रवाह गरेको ऋण उपसमितिका संयोजक उदयप्रकाश दाहालले बताएका छन् ।

सहकारीले संस्थापक शेयर सदस्य दीर्घमणि भट्टराई र दुर्गादेवी ढुङ्गाना, जेष्ठ सदस्य हरिप्रसाद सिग्देल र कोशिल्या सुवेदी, एकल महिला सदस्य पूर्णलक्ष्मी घिमिरे, उत्कृष्ट व्यवसायी सदस्य श्यामकुमार मानन्धरलाई सम्मान गरेको थियो । यसैगरी संस्थामा बढी ब्याज बुझाउने बुद्धरत्न मानन्धर, बढी सेवा शुल्क बुझाउने गौरवकुमार पराजुली, खुत्रुकेमा बढी बचत गर्ने परिसा पराजुली, खुत्रुकेमा नियमित बचत गर्ने प्रकृति पराजुली, एईइमा उत्कृष्ट जिपिए ल्याउने गरिमा भट्टराईलाई समेत सम्मान गरिएको थियो । त्यस्तै जोडी सम्मानमा कृष्णप्रसाद घोरासैनी र राधिका सापकोटा, नवराज पौडेल र जीवकुमारी पौडेललाई सम्मान गरिनुका साथै टिम टेलिभिजनका स्टेसन प्रमुख रामशरण दुलाललाई सञ्चारकर्मी सम्मानबाट सम्मान गरिएको थियो ।कार्यक्रममा वडा सदस्य विजय पौडेल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जनकल्याण साकोसका अध्यक्ष हिमाल पौडेल, संस्थाको निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली, संस्थापक अध्यक्ष बासुदेव सापकोटा, पूर्व अध्यक्ष कुमारमणी दाहाल, नारी चेतना साकोसका अध्यक्ष राधिका गौतम, नौलो विहानी कृषि सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, चौघडा साकोसका उपाध्यक्ष त्रिविक्रम मानन्धर, रानी सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण कटुवाल, लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद देवकोटा, वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष केशवप्रसाद धिताल, संस्थाका लेखा समिति संयोजक केदारप्रसाद गौतम, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष रुपेश दुलाल लगायतको आतिथ्यता रहेको थियो ।

शनिबार सम्पन्न साधारणसभाले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ।सभाले पुनः उदय विडारीकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा केशव धिताल र सदस्यहरुमा अम्बिका सापकोटा, गीता न्यौपाने, श्यामलाल श्रेष्ठ, रमेशकुमार थापा, चित्रकुमार गौतम, कविराज पुडासैनी र कल्पना पराजुली चयन भएका छन् ।समितिको लेखा समिति संयोजकमा पूर्णभद्र चौलागाई चयन भएका छन् भने सदस्यहरुमा यसोदा चौलागाई र प्रकाश ढुङ्गाना चयन भएका छन् ।

अर्थ मुख्य समाचार समाचार समाज स्थानीय