बागमतीमा डाइभर्सन बन्यो कान्तिलोकपथमा गाडी चल्न थाले

असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ ।

बाढीले बागमती पुलमा बनेको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएपछि कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध बनेको थियो। बगाएको भागमा डाइभर्सन निर्माण गरी सोमबार रातिबाट सवारीका साधन संचालनमा आएका हुन्। गत १२ गते आएको भिषण बाढीले पुलको दक्षिण तर्फको एउटा स्पान र मकवानपुर तर्फको भाग बगाएको थियो । यो सडक खण्ड खुलेपछि सिस्नेरि, फाखेल भिमफेदी सडकखण्ड र त्रिभुवन राजपथमा भएको सवारी चाप कम हुनेछ। पुल र सडक बगाउदा विगत १० दिनदेखि मकवानपुर र ललितपुरबिचको यातायात सम्पर्क टुटेको थियो। सोमबार बिहान सम्म एउटा तुधको ट्याङ्कर ४ वटा ४ पाङ्ग्रे दुई दर्जन भन्दा बढी मोटरसाइकल र स्कुटर पास गराइएको इलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहालले जानकारी दिएका छन् ।

मुख्य समाचार समाचार समाज