राष्ट्रपतिले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति रामचन्द्र पौडेलले दशैंमा सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । विजया दशमीका दिन राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिएका हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा दिउँसो ३:०० बजे देखि ३:३० बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिले दिउँसो ३:३० बजे देखि साँझ ५:०० बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका लगाइदिनेछन् । टीका लगाउन आउँदा मर्यादित पोशाक लगाउन भनिएको छ । टीका थाप्न आउनेका लागि प्रवेशद्वार नं. १ मा व्यवस्था मिलाइने कार्यालयले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज