दशैँमा कस्तो रहने छ मौसम?

काठमाडौँ : नेपालीहरूलाई अहिले दशैँको मौसम कस्तो होला? भन्ने जिज्ञासा रहेको छ। भर्खरै ठूलो विपद् बेहोरेको अवस्थामा हिले दशैँ हुने त होइन भन्ने चिन्ता पनि रहेको पाइन्छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ठूलो वर्षा हुने सम्भावना नरहे पनि कतैकतै हल्का देखिमध्यम वर्षाको सम्भावना भने रहेको जनाएको छ।

आज यसपालिको दशैँ विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले दशैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते), र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनइएको छ।

विभागले कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने जनाएको छ।

मुख्य समाचार समाचार समाज