आज फूलपाती भित्र्याइँदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतिक फूलपाती भित्र्याइँदैछ । आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्र्याउने गरिन्छ । जसलाई फूलपाती भित्र्याउने भनिन्छ ।
दशैंघरमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।
फूलपातीका दिन गोरखाबाट काठमाडौंको वसन्तपुरमा फूलपाती ल्याउने गरिन्छ । नेपाली सेनाले सो फूलपाती ल्याउने चलन छ ।

मुख्य समाचार समाचार समाज