हेटौंडामा  वारिष्टा (कफी बनाउने) तालिम प्रदान

हेटौंडा ।बागमती प्रदेशको राजधानी हेटौंडामा बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन उद्श्यले  वारिष्टा (कफी बनाउने) तालिम प्रदान गरिएको छ।

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् हेटौंडाको आयोजनामा ३ सय ९० घण्टे नि:शुल्क तालिम दिन लागिएको हो ।

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् हेटौंडाकी प्रमुख कार्यकारी निर्देशक शान्ति लामा र हेटौंडा ५ का वडाअध्यक्ष सुशील घिमिरेले नि:शुल्क तालिमको बुधबार उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मकवानपुर होटल एसोसिएसनका महासचिव हरिगोपाल सापकोटा, जिल्ला लघुउद्यमी समूह संघ (डिमेगा) मकवानपुरकि सचिव मेनका श्रेष्ठले तालिमको महत्वबारे प्रकाश पारेका थिए। तालिमको प्रशिक्षकहरुमा रमन कुमार यादव र ममता तामाङ रहेकी छन् । तालिममा २० जनाको सहभागिता रहेको जनाइएको छ।

Uncategorized