जिल्ला दुग्ध सहकारी संघको हेटौंडा- ४,भैरबरोडमा नयाँ काउण्टरको सुभारम्भ


हेटौंडा – मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले हेटौंडा उपमहानगरपालिका वडा नं ४ भैरबरोडमा दुघ तथा दुग्धजन्य पदार्थको नयाँ काउण्टरको शुक्रबार सुभारम्भ गरेको छ । संघका सल्लाहकार एवम् जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष श्री नारायण प्रसाद देवकोटाको उपस्थितिमा काउण्टरको सुभारम्भ भएको हो ।

भुटनदेवी माविको पुर्वी सटरकोठामा संघको दोश्रो काउण्टर स्थापना भएको छ । यस अघि संघको आफ्नै कार्यालय रहेको हेटौंडा १ चौकिटोलमा दुध तथा दुग्ध पदार्थको काउण्टर संचालनमा रहेको छ ।

संघले भिमफेदी १ बुङ्दलमा दुग्ध उद्योग स्थापना गरेको छ । त्यही उद्योगबाट उत्पादित दुध तथा दुग्ध पदार्थहरु दहि , पनिर , नौनी , घ्यू लगायत काउण्टरबाट बिक्री गरिने संघका अध्यक्ष हरि प्रसाद कडेलले बताउनुभयो । अध्यक्ष कडेलले हेटौंडाका केहि स्थानमा अझै संघका थप काउण्टर स्थापना गरिने पनि बताउनु भएको छ ।

विभिन्न उद्योगहरुमा बिक्री गरिएको दुधको भुक्तानी पाउन ढिलाई भइ दुग्ध उत्पादक किसानलाई दुधको भुक्तानीमा समेत समस्या भइरहेको अवस्थामा काउण्टरले केहि टेवा दिने विश्वास गरिएको साथै उपभोक्ताले गुणस्तर उत्पादन उपभोग गर्न पाउने बताउनुभयो ।

काउण्टर सुभारम्भ कार्यक्रममा संघका अध्यक्ष हरि प्रसाद कडेल, उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, संचालक कृष्ण प्रसाद चौलागाईं लगायत संघका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मकवानपुर जिल्ला दुग्ध सहकारी संघ मार्फत हाल मकवानपुरमा दैनिक ६० हजार दुधको कारोबार भैरहेको संघका निमित्त ब्यवस्थापक दामोदर अधिकारीले बताउनु भयो ।

अर्थ मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज सहकारी