बुबाको मुख हेर्ने दिन (कुशेऔसी)को अवसर पारी नमूना प्रगतिद्वारा जेष्ठ सदस्य सम्मान



मकवानपुर । हेटौंडा–२ देवीपथमा मूख्य कार्यालय रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले कुशे औंशी (बुबाको मुख हेर्ने दिन) को अवसरमा सहकारी संस्थाका जेष्ठ सदस्य सम्मान गरेको छ ।

शुक्रबार हेटौंडाको रोयल प्यालेसमा भएको कार्यक्रममा संस्थामा आवद्ध रहेका ७० वर्षभन्दा बढी उमेर समूहका जेष्ठ सदस्यसंग भेटघाटसहित अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा जेष्ठ सदस्यहरुलाई ढाकाटोपी लगाएर सम्मान गरिएको थियो ।

हाल संस्थामा ८४ जना ७० बर्ष माथिका जेष्ठ पुरुष सदस्यहरु रहेकोमा आज ४७ जानालाई सम्मान गरिएको संस्थाका ब्यवस्थापक बद्रीप्रसद भण्डारीले बताए ।


संस्थाका अध्यक्ष मिठाराम दहालको अध्यक्षता एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कर्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य एवम् प्राध्यापक शिवराज पराजुलीले ‘जेष्ठ सदस्यसंग मनका कुरा’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने संस्थाका ब्यवस्थापक बद्रीप्रसद भण्डारीले संस्थाको प्रगति विवरण जानकारी गराएका थिए ।


२०५५ सालमा स्थापना भएको संस्थामा हाल २ हजार ६ सय ७० जना शेयर सदस्य रहेका छन् । हेटौंडा १७ हटियामा सेवा केन्द्रसमेत रहेको संस्थामा हाल ६ जना कर्मचारी कार्यरत रहेका छन् । २ करोड ९१ लाख ९८ हजार शेयर पुँजी रहेको ब्यवस्थापक भण्डारीले बताए ।

संस्थाका सचिव रामजी सापकोटाले सञ्चालन गरेका कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका सञ्चालक सीताराम दाहाल, संस्थाका सल्लाहकार सुर्यचन्द्र न्यौपाने र जुनेली श्रेष्ठ, कोषाध्यक्ष केशव देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।

मुख्य समाचार मुख्य समाचार (flash news) रोचक समाचार समाज सहकारी