
२१ भाद्र २०७७, मकवानपुर – मकवानपुर जिल्लामा आज एकै दिन थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।


यहि भाद्र १८ र १९ गते २७५ जनाको स्वाब लिइएकोमा हेटौंडा उपमहानगरपालिका भित्रकै मात्रै ६२ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।
यसैबिच मकवानपुरगढीमा आज थप २ जनामा कोरोना पोजेटिभ देखिएको छ । २१ वर्षकि एक महिला र २५ वर्षका एक पुरुषमा पोजेटिभ रिपोर्ट आएको हो । उनीहरु दुबैजना वडा नं ३ को रहेको र पोजेटिभ आउनेहरु यस अघि नै पोजेटिभ देखिएको परिवारका सदस्य रहेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिदुर लामिछानेले जानकारी दिनुभयो ।
यसैगरी पोजेटिभ रिपोर्ट आउनेमा कैलाश गाउँपालिकाका ४ जना र भिमफेदी गाउँपालिकाका ४ जना रहेका छन् । आज ७२ जनाको पोजेटिभ रिपोर्ट आएका मध्ये २ वर्षका बच्चा देखि ७३ वर्षकि बृद्ध महिला रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयो ।
