• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

कक्षा–१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

गोविन्द शर्मा तिमल्सिना२०७७ भाद्र २३ गते, मंगलवार ०८:२१ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

सरकारले निर्णयमा ढिलाइ गरे हिमाली क्षेत्रमा परीक्षा सञ्चालन गर्न कठिन, विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाइँदै

२३ भाद्र २०७७, मकवानपुर – कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।

सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझाबसहितको प्रतिवेदन सचिवालयले बोर्डमा बुझाएको छ । बोर्डका एक अधिकारीका अनुसार प्रतिवेदनमा चरणबद्ध रूपमा परीक्षा सञ्चालनलाई पहिलो प्राथमिकता दिइएको छ । त्यसबाहेक ओपन बुक पद्धति अपनाउने, त्यसमा पनि कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने र अनलाइनबाट प्रश्न पठाएर विद्यालयले परीक्षा लिने विकल्प प्रतिवेदनमा सुझाइएको छ ।

अझै ढिलो गर्दा हिमाली भेगमा हिउँदमा परीक्षा सञ्चालन गर्न कठिन हुने र शैक्षिक सत्रसमेत जोखिममा पर्ने भएकाले छिटो गर्नुपर्ने सुझाब प्रतिवेदनमा छ । केही सरोकारवालाले अवस्था सामान्य भएपछि परम्परागत रूपमै परीक्षा सञ्चालन गर्न सकिने सुझाब पनि दिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । तर, अवस्था कहिले सामान्य हुन्छ भन्ने यकिन नभएका कारण प्रतिवेदनले अन्य विकल्पलाई प्राथमिकता दिएको हो । ‘बोर्ड बैठकले कुन विकल्पलाई प्राथमिकता दिने भन्ने तय गरेर शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाउँछौँ,’ प्रा.डा. पौडेलले भने, ‘हामीले प्रस्ताव गर्ने हो, सरकारले गर्ने निर्णयअनुसार परीक्षा व्यवस्थापन गर्न तयार छौँ ।’

कोरोना जोखिम कम रहेका जिल्लाबाट सुरु गर्दै धेरै विद्यार्थी भएका विद्यालयसम्म पुग्ने गरी परीक्षा सञ्चालन गर्ने प्रस्तावलाई बोर्ड सचिवालयले बढी प्राथमिकता दिएको छ । विद्यालय तहको अन्तिम परीक्षा भएको र त्यसले विश्वभर मान्यता पाउनुपर्ने भएकाले कक्षा–१२ को परीक्षालाई विश्वसनीय बनाउनुपर्ने दायित्व बोर्डको छ ।

यस्तै, विद्यार्थीलाई इमेलमार्फत प्रश्नपत्र पठाउने र घरमै बसेर उत्तर लेखेपछि उत्तरपुस्तिका विद्यालयमा बुझाउने ओपन बुक प्रणाली प्रस्ताव गरिएको छ । अनलाइनबाटै प्रश्न पठाएर विद्यालयबाट परीक्षा लिन अर्को सुझाब दिइएको छ । विद्यालयमै परीक्षा लिँदा भिड हुने भएकाले यो विकल्पमा सरोकारवालाहरू एकमत देखिएका छैनन् । धेरै विद्यार्थीसँग इन्टरनेट सुविधा नभएको, भएकाहरूसँग पनि गुणस्तरीय सेवा नभएका कारण अनलाइन प्रणालीको परीक्षालाई त्यति धेरै प्राथमिकता दिइएको छैन ।

कोरोना भाइरसका कारण स्थगित एसइईको नतिजा आन्तरिक मूल्यांकन विधिबाट प्रकाशन गरिसकिएको छ । कक्षा–११ को परीक्षा पनि विद्यालयले आन्तरिक परीक्षा लिएर ग्रेडसिट दिने निर्णय भइसकेको छ । कक्षा–१२ को परीक्षा भने पाँच महिनापछि धकेलिँदा पनि विकल्पमा कुनै निर्णय भएको छैन । कक्षा–११ र १२ मा करिब नौ लाख ६४ हजारले परीक्षा फारम भरेका थिए । तीमध्ये कक्षा–१२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् ।

तीन चरणमा परीक्षा

कक्षा–१२ को परीक्षाका लागि तीनवटा चरण प्रस्ताव गर्दै छ । पहिलो चरणमा हिमाली जिल्ला र ५० भन्दा कम विद्यार्थी भएका विद्यालयमा परीक्षा गर्न सकिने प्रस्ताव छ । सरकारले छिटो स्वीकृति दिएमा दसैँअघि नै पहिलो चरणको परीक्षा लिन सकिने बोर्डका अध्यक्ष पौडेलले बताए । दोस्रो चरणमा ‘एल्लो जोन’मा परेका दुई सयभन्दा कम कोरोना संक्रमित भएका जिल्ला र एक सयदेखि दुई सय विद्यार्थी भएका विद्यालयमा परीक्षा सञ्चालन गर्न सकिने प्रस्ताव छ । यस्तै, तेस्रो चरणमा दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालय पर्नेछन् । त्यस्ता विद्यालयको संख्या कम छ । प्रश्नपत्र, उत्तरपुस्तिका तयारी अवस्थामै रहेकाले पहिलो चरणको परीक्षा सञ्चालन गर्न कठिन नरहेको पदाधिकारीको भनाइ छ । (नयाँपत्रीका बाट)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

सरस्वती आधारभूत विद्यालयको अध्यक्षमा भोलानाथ दाहाल

रास्वपालाई भौतिक पुर्वाधार मन्त्रालय लिन प्रधानमन्त्रीको प्रस्ताव , रास्वपाको बैठक चल्दै

रास्वपा तत्काल सरकारबाट नहट्ने, गृहमन्त्रीका बारे निर्णय लिन २ दिनको समय

स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

Add A Comment

Leave A Reply

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.