२३ भाद्र २०७७ , मकवानपुर – मकवानपुरमा आज पनि २४ जना कोरोना संक्रमित थपिएका छन् । यहि भाद्र २१ गते १३८ जनाबाट लिइएको स्वाब मध्ये ८१ जनाको जाँच गर्दा २४ जनामा कोरोना पोजेटिभ देखिएको हो भने ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
पोजेटिभ रिपोर्ट आउनेमा हेटौंडा उपमहानगरपालिकाका १० जना महिला र १२ जना पुरुष गरि २२ जना , मकवानपुरगढी वडा नं २ का ३४ वर्षकी १ जना महिला र नुवाकोट जिल्ला घर भएका १ जना महिला रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन् ।
आज संक्रमित हुनेमा ७ महिनाको बालक देखि ६९ वर्षका पुरुष रहेका छन् । ३२ जनाको पुनः परिक्षण गरिएकोमा २१ जनाको पोजेटिभ र ११ जनाको भने नेगेटिभ रिपोर्ट आएको निरीक्षक चौलागाईंले बताए ।