• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

लाइसेन्स परीक्षामा ५४% चिकित्सक अनुत्तीर्ण

गोविन्द शर्मा तिमल्सिना२०७७ भाद्र २४ गते, बुधबार ०६:०८ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

२४ भाद्र २०७७ , काठमाण्डौ – नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा ५४ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । काउन्सिलले लिने लाइसेन्स परीक्षा उत्तीर्ण भएपछि मात्रै चिकित्सकले बिरामीको उपचार गर्न पाउँछन् ।

काउन्सिलले लिएको एमबिबिएस र बिडिएसको परीक्षामा धेरैजसो अनुत्तीर्ण भएका छन् । एमबिबिएसतर्फ सात सय ८५ जनामा तीन सय ६१ जना अर्थात् ४६ प्रतिशत मात्रै उत्तीर्ण भए । परीक्षामा सहभागीमध्ये चार सय २४ अर्थात् ५४ प्रतिशत अनुत्तीर्ण भए । बिडिएसतर्फ भने दुई सय ६२ जनामा एक सय ५९ जना उत्तीर्ण भएका छन् । काउन्सिलका उपाध्यक्ष डा. नारायणविक्रम कार्कीका अनुसार यसपटक उपत्यकाबाहिर र भित्र गरी १७ स्थानमा परीक्षा भएको थियो । पछिल्लो समय उत्तीर्ण हुने दर न्यून हुँदै गइरहेको पाइएको छ ।

शय्या अभाव हुँदा ६ हजार मिर्गौलापीडित डायलाइसिसबाट वञ्चित

अस्पतालमा शय्या अभाव हुँदा देशभरका ६ हजारभन्दा बढी मिर्गौलापीडितले डायलाइसिस सेवा पाउन सकेका छैनन् । अझ अहिले कोरोना भाइरसको महामारीका कारण थुप्रै बिरामी डायलाइसिस सेवाबाट वञ्चित भएका छन् ।

सरकारी तथ्यांकअनुसार देशभर १२ हजार मिर्गौलाका रोगी डायलाइसिस सेवा लिनुपर्ने अवस्थामा छन् । तर, अहिले पाँच हजार ६ सय ५७ जनाले मात्रै सेवा पाइरहेका छन् । स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रोशनीलक्ष्मी तुइतुईका अनुसार शय्या अभावले ६ हजार तीन सय ४३ जनाले डायलाइसिस सेवा लिन पाएका छैनन् ।

सरकारले मुटु रोग, मिर्गाैला रोग, क्यान्सर, पार्किन्सस्, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेडइन्जुरी र सिकलसेल एनिमियाका बिरामीलाई औषधि–उपचारबापत आर्थिक सहायता दिँदै आएको छ । मिर्गौला प्रत्यारोपण गर्दा चार लाख, अल्पकालीन रूपमा मिर्गौलाले काम नगरेको बिरामीलाई डायलाइसिसबापत एक लाख, दुवै मिर्गाैला फेल भई डायलाइसिस तथा प्रत्यारोपण गर्न नमिल्ने वा नपर्ने बिरामीलाई औषधि उपचार तथा प्रयोगशालाबापत एक लाख सहयोग दिने गरिएको छ । त्यस्तै, मिर्गौला प्रत्यारोपणपश्चात् औषधि सेवन गर्न एक लाख, हेमोडायलाइसिल सेवा हप्तामा दुईपटक वा त्योभन्दा बढी गर्नुपरेमा चिकित्सकले आवश्यकता ठानेमा प्रतिसेसन दुई हजार पाँच सय रुपैयाँ दिने गरिएको छ ।

महाशाखाका प्रमुख तुइतुईका अनुसार बिरामीले चिकित्सकसँग परामर्श नलिँदा आवश्यकताभन्दा बढी सेसन डायलाइसिस गर्नुपरेको छ । ‘निःशुल्क डायलाइसिस सेवा तीनपटक वा त्योभन्दा बढी पनि लिनेहरू छन्,’ उनले भनिन्, ‘उनीहरूले चिकित्सकको परामर्श समयसमयमा लिए डायलाइसिस सेवा घट्ने थियो । तीन वा चारपटक लिएको बिरामीले दुईपटकमा झरे अन्य सेवा नपाएकाले पाउने थिए ।’

जतिपटक डायलाइसिस गराए पनि नि:शुल्क भएकाले बिरामीहरू फलोअपमा नआउने तथा धुम्रपान तथा मद्यपान गर्ने गरेको पाइएको छ । जसले गर्दा आवश्यकताभन्दा बढी आपतकालीन अवस्थामा डायलाइसिस सेवा दिनुपरेको चिकित्सकहरू बताउँछन् । उनीहरूका कारणले पनि अन्य बिरामीले सेवा पाउन नसकेको सरकारको भनाइ छ । अहिले सेवा लिइरहेका मिर्गौलापीडितले दैनिकी परिवर्तन गरेमा कम्तीमा अन्य तीन हजार पीडितले डायलाइसिस सेवा लिन पाउने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर ५८ सूचीकृत अस्पतालबाट बिरामीले निःशुल्क डायलाइसिस सेवा पाउँदै आएका छन् । यी अस्पतालमा चार सय ८६ डायलाइसिस मेसिन छन् । विभिन्न आठ रोगका लागि दिइने अनुदानमा वर्षमा साढे दुई अर्ब रुपैयाँ खर्च हुँदै आएको छ । नि:शुल्क सेवा लिनेमा अधिकांश क्यान्सरका बिरामी छन् । (आजको नयाँ पत्रीकामा अर्जुन अधिकारीले लेेेेखेका छन् )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

मकवानपुरगढीका विद्यालयमा रैथानेबालीको परिकार बनाउने तालिम

हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

धन्दुरी खोलाको पानी साविक मकवानपुरगढीमा ल्याईने

मकवानपुरगढीका एमाले नेता रुम्बालाई पितृ शोक

Add A Comment

Leave A Reply

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.