
२५ भाद्र २०७७, मकवानपुर – मकवानपुरको हेटौंडामा संचालन भैरहेको फुड बैंक( खाध्यान्न आदानप्रदान कार्यक्रम ) आज एघारौं दिन १२२ जनालाइ खाद्यान्न बितरण गरिएको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरले कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवार, कोरोना संक्रमित र उनका परिवारलाई लक्षित गरेर फुड बैङ अभियान संचालनमा ल्याएको हो ।


फाउण्डेशनले “हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान अन्तर्गत कार्यक्रम भैरहेको फाउन्डेसनका जिल्ला सदस्य शिबहरि दाहालले जानकारी दिए । हेटौंडाको कपुर कमप्लेक्स चोकमा संचालन भैरहेको फुड बैंकमा सहयोग दिनेको पनि उल्लेख्य सहभागीता रहेको फाउन्डेसनका सदस्य उत्तम न्यौपानेले बताए ।
बिहान ७ बजे देखि ९ बजेसम्म संचालन भैरहेको फुड बैंकबाट नहुनले निशुल्क खाद्यन्न (चामल,दाल नुन र तेल) केहि दिनलाई पुग्ने खाध्यान्न लगिरहेको अभियानका सदस्य समेत रहेका दाहालले जानकारी दिए ।