
२५ भाद्र २०७७ , मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेलाई कोरोना संक्रमण पुष्ठि भएको छ । गत भाद्र २२ गते स्वाब दिइएकोमा आज आफुलाई संक्रमण पुष्ठि भएको जानकारी प्राप्त भएको घिमिरेले बताए ।


गत २२ गते वडा अध्यक्ष लगायतकाको कोरोना परिक्षणको लागि स्वाब दिइएकोमा वडाध्यक्ष घिमिरेको मात्र पोजेटिभ रिपोर्ट आएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्यशाखाका प्रमुख बिदुर लामिछानेले बताए ।
यस अघि नै उहाँको परिवारका २ जना सदस्यलाई कोरोना संक्रमण पुष्ठि भइसकेको छ । आफु लगायत परिवारका अन्य संक्रमित सदस्यको स्वास्थ्य अवस्था सामान्य रहेको र आफुहरु घरमा नै सुरक्षित साथ रहेको घिमिरेले बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1