• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

कुलमानको कार्यकाल आज सकिदै,प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छान्ने तयारी

गोविन्द शर्मा तिमल्सिना२०७७ भाद्र २८ गते, आईतवार १४:२२ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

२८ भाद्र २०७७, काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज (आइतबार) सकिदै छ । २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आज चार वर्ष पुगेकाले कार्यकाल सकिएको हो ।

उनको यो पहिलो कार्यकाल सकिएपनि दोस्रो कार्यकालका निरन्तरता दिने बिषयमा भने अन्यौल बढेको छ । कुलमानको कार्यकाल थप गर्नकै लागि आज मन्त्रिपरिषदको बैठक बसे कुनै आश्चर्य नमाने हुन्छ । तर यो समाचार तयार पार्दासम्म मन्त्रीपरिषदको बैंठक बस्ने सम्भावना देखिएको छैन् ।

प्रत्येक सोमबार र बिहीबार बस्दै आएको मन्त्री परिषदको बैठक कुलमानकै कार्यकाल थप्नका लागि बस्ने सम्भावना कम रहेको बताइन्छ ।

मन्त्रीपरिषदको आज बैठक नबसे भोली बस्ने बैठकले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेबारी प्राधिकरणकै कुलमानपछिका कर्मचारीलाई कामु कार्यकारी निर्देशक दिइने सम्भावना छ । त्यसपछि विस्तारै प्रतिस्पर्धाका आधारमा कार्यकारी निर्देशक चयन गर्ने तयारीमा सरकार पुगेको देखिन्छ ।

मन्त्रीपरिषदबाट नियुक्त नभए कुलमानले अब प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा नभिडने बताउन थालेका छन् । प्रतिस्पधामा भाग नलिए कुलमान सधैका लागि प्राधिकारणको कार्यकारी निर्देशकबाट बाहिरिने छन् । सरकारले प्रतिस्पर्धाको आधारमा आफू निकट व्यक्तिलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने सम्भावना बढेको छ ।

कुलमानलाई पुन नियुक्ति गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लागि परे पनि सफल हुने सम्भावना कम छ । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धाका आधारमा प्राधिकरणको कार्यकारी निर्देशकको चयन गर्ने बताउँदै आएका छन् ।

कुलमानलाई पुनः नियुक्ति गर्ने पक्षमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई दवाव दिइरहेका छन् । तर प्रधानमन्त्री ओली भने प्रचण्डको प्रस्ताव मान्न तयार नदेखिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतको भनाइ छ ।

चार वर्षअघि मन्त्री परिषदको बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो । कुलमान २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनले दैनिक १३ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई अत्य गरेर सवैको स्वासी पाएका थिए ।

उनको पहलमा २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त हुन पुगेको थियो । उनले गरेका सुधारका प्रयासलाई भने सवैले प्रसशां नै गरेका छन् । सर्वसाधारणले पनि कुलमान पुन दोहोरिनु पर्ने पक्षमा जोड दिएका छन् । सामाजिक सञ्जालमा समेत कुलमानको प्रसंशा गरिदै आएको छ । ( मेेेेरोलगानीबाट साभार )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

पार्टीमा १० वर्ष ओलीको विकल्प छैन : गुरुङ

आममाफीकाे जसअपजसको भागी सरकार नै हुनुपर्छ : राष्ट्रपति पाैडेल

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत

प्रचण्डद्वारा पदाधिकारी बैठकको आह्वान

लोसपाको पदाधिकारी बैठक मंगलबार बस्दै

Add A Comment

Leave A Reply

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.