
२९ भाद्र २०७७,चितवन — चितवन-नारायणगढ मुग्लिन सडककाे चार किलाेमा साेमबार दिउँसाे पहिराे जाँदा सडक अवरूद्ध भएकाे छ । भरतपुरकाे डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बाटाे खुल्न कम्तीमा ६ घण्टा लाग्ने बताए ।
‘दिउँसाे सवा दुई बजेतिर पहिराे गएकाे र पन्छ्याउने काम सुरू भएकाेले कम्तीमा ६ घण्टापछि एकतर्फी बाटाे खुल्ने सम्भावना छ,’ सूचना अधिकारी इन्जिनियर खनालले भने । चार किलाेमा गएकाे याे वर्षकाे याे तेस्राे ठूलाे पहिरो हाे । यसअघि दुई पटक ठूलाे पहिराे खसेर तीन–तीन दिन बाटाे थुनिएकाे थियाे।
नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरूपकाे दुई लेनकाे सडक बनाउने बेलामा ठाउँ ठाउँमा पहाड काटिएकाे थियाे । त्यसरी पहाड काटेकाे ठाउँमा बर्खायाममा पहिराे खसेर दु:ख दिन थालेकाे छ । २९ ठाउँमा पहिराेकाे जाेखिम थियाे । अन्य ठाउँमा नियन्त्रणकाे काम गरेर जाेखिम घटाए पनि चार किलाेमा नियन्त्रणकाे काम पूरा हुन सकेकाे छैन । त्यही ठाउँमा पटक पटक पहिराे खस्ने गरेकाे छ ।