
२९ भाद्र २०७७,मकवानपुर – मकवानपुरमा आजै मात्र ५६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । यहि भाद्र २८ गते २०३ जनाबाट लिइएको स्वाब मध्ये १८४ नमुना परिक्षण गर्दा ५६ जनामा कोरोना पोजेटिभ आएको हो । पुष्ठि हुनेमा २६ जना महिला र ३० जना पुरुष रहेका छन् ।


पोजेटिभ रिपोर्ट आउनेमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका छन् । थाहा नगरपालिका १ जना , राप्ती चितवनका १ जना र रौतहट जिल्लाका ३ जना रहेका छन् भने बाँकी सबै हेटौंडाका रहेका जनस्वास्थ्य निरीक्षक भोला चौंलागाईले बताउनु भयो ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1