• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता साढे १२ हजार नाघे , १ लाख ७३ हजार ४६० कर्मचारी कोषमा आवद्ध

गोविन्द शर्मा तिमल्सिना२०७७ आश्विन १ गते, बिहीबार १२:२४ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं – सरकारले २०७५ मंसिरबाट सुरु गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने निजी तथा संगठित संस्था संख्या साढे १२ हजार पुगेको छ ।

२६ भदौसम्मको तथ्यांक अनुसार १२ हजार ६७५ रोजगारदाता कम्पनीबाट १ लाख ७३ हजार ४६० कर्मचारी कोषमा आवद्ध भएका छन् । कोषका कार्यकारी निर्देशक कपिलमणि अधिकारीका अनुसार विगतमा कर्मचारी संचय कोषमा रकम जम्मा गरिरहेका कम्पनीहरु क्रमशः सामाजिक सुरक्षा कोषमा आइरहेका छन् ।

आर्थिक ऐन २०७७ ले यसअघि संचयकोषमा आवद्ध निजी तथा संगठित संस्थाहरुलाई कोषमा आउने अवधि आगामी चैतसम्म तोकेको छ । ‘धेरै कम्पनी विगतमा पनि संचयकोषमा थिएनन्,’ ज्ञवाली भन्छन्, ‘सामाजिक सुरक्षा ऐनले बाध्यकारी नियम बनाएका कारण अब सबै संगठित संस्था र निजी क्षेत्र सामाजिक सुरक्षा कोषमै आउनपर्छ ।’

उनका अनुसार सञ्चयकोषमा रकम पठाइरहेका सबै संगठित र निजी संस्था अब रकमसहित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्छ । सञ्चयकोषमा रहेका सूर्य नेपाल, शीखर शुज लगायत कम्पनी सामाजिक सुरक्षा कोषमा सरिसकेको ज्ञवालीले बताए ।

कोषमा हालसम्म कुल योगदान रकम १७५.५९ करोड पुगेको छ । २६ भदौसम्म कुल दाव भिुक्तानीवापत ८५ लाख ३६ हजार ८९ रुपैयाँ पुगेको छ भने कुल भुक्तानी संख्या ३५० छ । सामाजिक सुरक्षा कोषबाट संचालन भएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी भुक्तानी र दुर्घटना तथा अशक्तता सुरक्षा दावी भुक्तानीमा समेत यो रकम खर्च भएको छ । आश्रति परिवार सुरक्षा दावी भुक्तानी संख्या ९ छ ।

निजी क्षेत्रलाई सञ्चय कोषमा जान रोक

सिद्धान्ततः श्रम ऐन आकर्षित नहुने क्षेत्रमा कार्यरत कर्मचारी र संस्थाको आवद्धता सञ्चयकोषमा हुन्छ । श्रम ऐन आकषिर्त हुने क्षेत्रमा सक्रिय रोजगारदाता र कर्मचारी भने सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्छ ।

सामाजिक सुरक्षा कोष सञ्चालनमा आइसकेपछि सञ्चयकोषले निजी क्षेत्रका कम्पनीहरुलाई आवद्ध गर्न बन्द गरेको छ । आउनेहरुलाई हालको कानूनी व्यवस्था अनुसार सामाजिक सुरक्षा कोषमा पठाउन लागिएको संचयकोषका अधिकारीहरु बताउँछन् ।

सञ्चय कोषले अब सञ्चय कोष र निवृत्तिभरण कोष सञ्चालन गर्छ । साविक सरकारी कर्मचारीहरुको सञ्चयकोष संचालन गरिरहेको संचयकोषले १ साउन २०७६ बाट भने सरकारी कर्मचारीका लागि योगदानमुलक निवृत्तिभरण योजना सुरु गरेको छ ।
उक्त अवधिबाट नियुक्त भएका नेपाल सरकारका कर्मचारी, प्रदेश तथा स्थानीय तहका कर्मचारी र सार्वजनिक निकायका कर्मचारीका लागि मात्र सञ्चयकोषमा यस्तो सुविधा उपलब्ध हुनेछ । सञ्चयकोषले सापटी सुविधा, संचयकर्ता स्वास्थ्योपचार योजना सहितका विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सञ्चयकोषको कोष मौज्दात ३ खर्ब ५० अर्ब ६० करोड रुपैयाँ पुगिसकेको छ । निवृत्तिभरण कोषमा भने २७ करोड रुपैयाँ जम्मा भएको छ । कोषले कुल ३ खर्ब ८२ अर्ब ५४ करोड रुपैयाँ लगानी गरिसकेको छ । कोषको कुल स्रोत ३ खर्ब ८७ अर्ब १५ करोड छ । (अनलाइनखबरबाट)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सेयर बजारमा १५.७४ अंकको गिरावट 

प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो

सुनको मूल्य पाँच सयले घट्यो

बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

सुनको भाउ फेरि बढ्यो, चाँदीको घट्यो

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.