• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

कोरोना महामारीपछि पहिलोपटक दर्शकसहितको क्रिकेट प्रतियोगिता गर्ने तयारीमा अस्ट्रेलिया

गोविन्द शर्मा तिमल्सिना२०७७ आश्विन १ गते, बिहीबार १२:५१ 4 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

क्रिकेटका समर्थक रंगशालामा नपुगेको लगभग सात महिना भएको छ । कोरोना महामारीबीच अन्तर्राष्ट्रिय क्रिकेट तथा फ्रेन्चाइज लिग चलिरहे पनि त्यहाँ दर्शकलाई प्रवेश दिइएको छैन । दर्शकले टेलिभिजनको लाइभ हेरेर मनोरञ्जन लिइरहेका छन् । यसरी टेलिभिजनअघि बसेर मात्रै आफ्ना टिमको समर्थन गर्नुपर्ने दिन अब धेरै छैन । अस्ट्रेलियाले दर्शकलाई पुनः मैदानमै पुगेर मनोरञ्जन दिने तयारी थालेको छ । अस्ट्रेलियाले २६ सेप्टेम्बरदेखि अस्ट्रेलिया र न्युजिल्यान्डबीचको महिला क्रिकेट प्रतियोगितामा दर्शकलाई प्रवेश दिने तयारी गरेको हो । ब्रिस्वनस्थित एलान बोर्डर रंगशालामा यसका लागि ग्राउन्ड स्टाफहरूले तयारी थालिसकेको जनाइएको छ ।

विशेषज्ञहरूले दर्शकलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा अध्ययन गरिरहेका छन् । उनीहरूले रंशगालामा दर्शक निश्चित मापदण्डसहित राख्ने प्रोटोकल बनाएका छन् । अस्ट्रेलियन क्रिकेटप्रेमीलाई खुसी पार्न क्रिकेट अफ अस्ट्रेलिया (सिए)ले सोमबार टी–२० र एकदिवसीय सिरिजको टिकट उपलब्ध भएको घोषणा गरेको छ । सिएले टिकट अनलाइनमा उपलब्ध रहेको घोषणा गरेको केही घन्टामै ‘सोल्डआउट’ भएको थियो । समर्थकहरूले टिकट अनलाइनबाट किनेका थिए । क्रिकेट समर्थकले प्रत्यक्ष खेल हेर्न कति व्यग्रताका साथ प्रतीक्षा गरेका छन् भन्ने यसबाट स्पष्ट हुन्छ । धेरै समयपछि सिएले टिकट बिक्रीबाट आम्दानी पनि गरेको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डबीचको सिरिजको सबै जिम्मेवारी क्विन्स ल्यान्ड प्रान्तीय सरकारले लिएको छ । क्विन्सल्यान्ड सरकारले नै रंगशालाको सबै रेखदेख गर्नेछ । खेलाडीदेखि समर्थकसम्मको कोभिड– १९ परीक्षण हुनेछ । प्रान्तीय सरकारले क्रिकेटको माध्यमबाट सर्वसाधारणलाई खुसी दिलाउन प्रयास भएको जनाएको छ । ‘हामी लामो समय चुप लागेर बस्यौँ, योबीचमा कोही पनि मज्जाले हाँस्ने र ठट्टा गरेनौँ, केवल कोभिड– १९ विरुद्ध लडिरह्यौँ, अबको समय हास्ने मात्रै होइन अरूलाई हौसला पनि बढाउने हो,’ क्विन्सल्यान्ड सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिरिजको दौरान हामी सबैले कोभिड–१९ का सबै प्रोटोकल अपनाउनु जरुरी छ ।’

अस्ट्रेलियामा कोभिड– १९ नियन्त्रणमा रहेकाले खेलकुद प्रतियोगितामा दर्शकको उपस्थिति जनाउन लागेको हो । अस्ट्रेलियाले ६ महिनाको प्रयासपछि नै क्रिकेटका समर्थकले मैदानमा खेल हेर्न पाउने वातावरण तयार पारेको सिएको भनाइ छ । ‘हामीले यो ६ महिनामा कोभिड– १९ का सबै नियम पालना ग¥यौँ, भौतिक दूरी राख्नु मात्र नभएर सिंगो राष्ट्र नै यसमा लाग्यो, यसकारण कोरोना नियन्त्रणमा रहेको हो,’ सिएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

खेलमैदानको एक निश्चित क्षेत्रमा भने दर्शकलाई प्रतिबन्ध लगाइएको छ । मैदानमा दर्शकको उपस्थितिमा क्रिकेट सिरिज गर्नु अहिलेको अवस्थामा निकै जोखिमपूर्ण मानिएको छ । यसअघि युरोपमा माथिल्लो डिभिजनको लिग फुटबल प्रतियोगिता सुरु भए पनि विनादर्शक भइरहेका छन् । बेलायत र फ्रान्सले आ–आफ्ना प्रिमियर लिग दर्शकसहित सुरु गर्ने जनाए पनि उनीहरूको उपस्थितिले जोखिम हुन सक्ने निष्कर्षसहित विनादर्शक गराइरहेका छन् । यद्यपि इंग्लिस प्रिमियर लिगमा आबद्ध चार खेलाडीलाई मंगलबार कोरोना देखिएको समाचारहरू आइरहेका छन् ।

यस्तो छ अस्ट्रेलियाले तयार पारेको प्रोटोकल

अस्ट्रेलियाले दर्शकसहितको सिरिज आयोजना गराउन निश्चित प्रोटोकल तयार पारेको छ । यसमा सबैले अनिवार्य रूपमा नियम पालना गर्नुपर्ने उल्लेख छ ।
मैदानमा खेल सञ्चालन भइरहँदा खेलाडीबीच कुराकानी प्रतिबन्ध लगाइएको छ । खेलाडीले दर्शकलाई अटोग्राफ दिन पाउँदैनन् । यसैगरी खेलाडी र समर्थक तथा खेलाडीबीचका सेल्फी निषेध गरिएको छ । क्रिकेट अफ अस्ट्रेलियाले सबै तयारी गरे पनि एउटा पक्षमा अड्किएको छ । यदि कुनै ब्याट्सम्यानले छक्का प्रहार गरे बल दर्शकदीर्घामा पुग्दा के गर्ने ? सामान्य अवस्थामा छक्का प्रहार गरिएको बल दर्शकले नै मैदानमा फ्याँक्ने गर्छन् । तर कोभिड– १९ र सिएको नियमअनुसार त्यो बल खेलाडीबाहेक कसैले पनि छुन मिल्दैन । यदि यस्तो अवस्था आए बल परिवर्तन गर्न सक्ने प्रावधान छ ।

अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुन जाने दुवैै टोलीका खेलाडी ब्रिस्वनमै क्वारेन्टिनमा बसेका छन् । अफिसियलहरू पनि दुई सातादेखि क्वारेन्टिनमा छन् । यो साता उनीहरूको क्वारेन्टिन समय सकिनेछ । रेल यात्राको केही घन्टामा खेलाडी एलान बोर्डर मैदानमा पुग्न सक्ने गरी क्वारेन्टिनमा राखिएको छ ।

यदि दर्शकसहितको महिला क्रिकेट सिरिज सम्पन्न भए, अस्ट्रेलियालाई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न टेवा पुग्नेछ । यसै वर्ष अस्ट्रेलियाले बक्सिङ डेमा भारतविरुद्धको सिरिज खेल्नेछ । एमसिजी मैदानमा अस्ट्रेलिया र भारतबीचको प्रतियोगिता हुनेछ । यस मैदानमा ८६ हजार दर्शकले मनोरञ्जन लिन सक्छन् । एमसिजी मैदानमा दर्शक प्रवेशका लागि नोभेम्बरमा सिएको बस्ने मिटिङले निर्णय गर्नेछ ।

दर्शकसहितको पछिल्लो क्रिकेट विश्वभरका दर्शकको उपस्थितिमा भएको पछिल्लो क्रिकेट प्रतियोगिता बंगलादेश र जिम्बाबेबीचको हो । यो गत ११ मार्चमा भएको थियो । त्यसयता कुनै पनि प्रतियोगितामा दर्शकलाई रंगशालामा प्रवेश दिइएको छैन । यसको दुई दिनपछि अस्ट्रेलिया र न्युजिल्यान्डबीच पुरुष एकदिवसीय खेल भएको थियो । कोभिड– १९ का कारण यो सिरिजमा दर्शकलाई रंगशालामा प्रवेश गर्न अनुमति थिएन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले जुलाई महिनामासम्म सबै क्रिकेट प्रतियोगिता स्थगित गरेको थियो ।
यसबीचमा इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी)ले वेस्टइन्डिज र पाकिस्तानसँग बन्द रंगशालाभित्र सिरिज आयोजना ग¥यो । आर्थिक रूपमा आयोजकलाई केही फाइदा नपुगे पनि कोभिड– १९ बीच सिरिज गर्न सकिने सन्देश इसिबीले दियो । यही वेला जमैकामा क्यारेबियन टी–२० फ्रेन्चाइज लिग भयो । जहाँ दर्शक प्रतिबन्ध थियो ।

बन्द रंगशालाभित्र दर्शकविना खेल आयोजना हुँदा खासै मनोरञ्जन प्राप्त नहुने धेरैले अनुभव गरेका छन् । यसकारण नै क्रिकेट अफ अस्ट्रेलियाले नै एउटा प्रयोगका रूपमा अस्ट्रेलिया र न्युजिल्यान्डबीचको महिला क्रिकेट प्रतियोगिताका लागि दर्शकलाई अनुमति दिएको हो । –(नयाँ पत्रीकाबाट)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

नेपाल र भुटान भिड्दै

सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनको दाबी

सन्दिप लामिछानेलाई थुनामै फर्काउन माग गर्दै सर्वोच्चमा निवेदन

सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

विप्रेषण पठाउने वैधानिक च्यानल बनाइदिन आग्रह

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.