
मकवानपुरगढी – मकवानपुरगढी गाँउपालिका कोरोना रोकथाम सम्बन्धि गाउँपालिका स्तरिय समन्वय समितिको बैठक आज सम्पन्न भएको छ ।
मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष श्री विदुर हुमागाईको अध्यक्षतामा कोरोना रोकथाम सम्बन्धि “गाँउपालिका स्तरिय समन्वय समिति”को बैठक बसेको हो । बैठकले विश्वब्यापि माहामरिको रुपमा फैलिएको कोरोना भाईरसबाट सुरक्षीत रहनको लागि विभिन्न उपायहरु अवलम्बन गर्ने गराउने निर्णय गरेको छ ।


साबुन पानिले हात धुने, भिडभाडमा नजाने, सार्वजनिक स्थल वा कार्यालयमा जांँदा र चाडपर्व मनाउदा कम्तिमा २ मिटरको दुरि कायम गर्ने निर्णय गर्दै नेपाल सरकार र गाँउपालिकाको निति नियम र स्वास्थयको मापडण्ड अनुरुप सार्वजनिक सवारि साधन संचालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईलेे बताउनु भयो । सामाजिक दुरि कायम गरि होटल तथा किराना पसल संचालन गर्ने , बाहिरि कामदार र कर्मचारि आउंँदा अनिवार्य पि.सि.आर. परिक्षण गरि गाँउपालिका प्रवेश गर्नुपर्नेछ ।

तास ,लुडो , क्यारमबोर्ड जस्ता खेलमा प्रतिबन्ध लगाउँदै सहभागि हुनेलाइ कारवाहिको दायरामा ल्याउने निर्णय भएको छ । सुरक्षाको निम्ति माक्स र सेनिटाईजर प्रयोगलाई कडाईका साथ लागु गर्ने, वडा स्तरिय योजनाहरु कार्यन्वयन गर्दा सामाजिक दुरि कायम गरि उपभोक्ता समिति गठन गरि काम कारवाहि अगाडि बढाउने तर सभा सम्मेलन र खेलकुदका कार्यहरुमा भने हाललाई रोक लगाउने निर्णय बैठकले गरेको छ । पुर्ण विवरण :
