
हेटौंडा – कोरोना भाइरसको संक्रमणबाट आज मकवानपुरकी एक युवतीको मृत्यु भएसँगै मकवानपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये ५ जना पुरुष र ६ जना महिला रहेका छन् ।
कोरोना संक्रमण देखिएकी मकवानपुर हेटौंडा–१० की १७ वर्षीया किशोरीको चितवन भरतपुरमा रहेको मेडिकल कलेजको शिक्षण अस्पतालमा आइतबार मृत्यु भएको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिए ।
उनका अनुसार गत भदौ २२ गते ज्वरो र स्वासप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1