• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङको मापदण्ड फेर्ने तयारी

गोविन्द शर्मा तिमल्सिना२०७७ आश्विन ४ गते, आईतवार २१:३१ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको नीति परिवर्तन गरी लक्षण देखिएकाको मात्र परीक्षण गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले हाल प्रचलित परीक्षण र कन्ट्याक्ट ट्रेसिङको नीति परिवर्तन गर्ने तयारी रहेको बताए । ‘बिरामीको मात्रै उपचार गर्ने अथवा बिरामीको मात्रै परीक्षण गर्ने हो कि भन्नेमा छौं’ उनले भने ।

आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित ‘कोरोना भाइरसको जोखीम न्युनीकरणमा सरकारले चालेका कदमहरुको अध्ययन तथा अनुगमन उपसमिति’ले सिंहदरबारमा बैठक राखेको थियो ।

उक्त बैठकमा सचिव अर्यालले खर्च कटौतीका लागि पनि हालको कोरोना परीक्षण र यसको कन्ट्याक्ट ट्रेसिङको मोडल परिवर्तन गर्न आवश्यक रहेको बताए । ‘अहिले दिनमा टेष्टमा ६/७ करोड खर्च गरेका छौं । ट्रिटमेन्टमा करिब करिब दिनमा ६/७ करोड खर्च गरेका छौं । १२ करोडको प्रतिदिनको खर्च अस्पताल पूर्वाधार सुधारमा लगाउन पाइयो भने संक्रमित जो लक्षण देखिएका छन् उहाँहरुले क्वालिटीको सर्भिस पाउन सक्नुहुन्थ्यो’ उनले भने ।

हाल सरकारले कोरोना भाइरसको लक्षण देखिएका, कोरोना संक्रमित क्षेत्रबाट आएका, अप्रेसन गर्नुपर्ने बिरामी, विदेशबाट आई क्वारेन्टिनमा बसेका र संक्रमितको निकट सम्पर्कमा रहेकाहरुको कोरोना परीक्षण गर्दै आएको छ ।

संक्रमण दर अझै बढ्ने प्रक्षेपण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अझै बढ्न सक्ने अनुमान गरेको छ । सचिव अर्यालले संक्रमण दर अझै बढ्न सक्ने अनुमान गरी अस्पतालको क्षमता विस्तार लगायतको तयारी गरिरहेको पनि बताए ।

उनका अनुसार असोज १५ गतेसम्मका लागि कोरोना संक्रमितको उपचार खर्च थप १ अर्ब ५१ करोड रुपैयाँ लाग्ने आंकलन गरिएको छ ।

‘कोभिडको संक्रमण दर हेर्दा अझै बृद्धि हुने देखिन्छ । यही प्रक्षेपण अनुसार यसका लागतहरु, यसका प्रणालीहरु थप व्यवस्था गरेर जानका लागि बजेटहरुको व्यवस्था गरेर अगाडि बढेका छौं’ सचिव अर्यालले भने ।

उनका अनुसार प्रदेश अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गर्न बेडको संख्या दुई सय पुर्‍याउन बजेटको व्यवस्था भइसकेको छ । ६४९ वटा स्थानीय तहमा न्युनतम ५ बेडको अस्पताल स्थापना गर्न र त्यसका लागि आवश्यक जनशक्ति पठाइसकिएको छ । संघीय अस्पतालहरुमा ५ सय बेड पुर्याउन लागिएको छ ।

यस्तै, आईसीयू बेडको संख्या पनि बढाउन लागि लागिएको छ । सबै अस्पतालमा गरी ५ हजारदेखि ६ हजार आईसीयू बेड थप्नको लागि बजेटको जोहो गरिसकेको सचिव अर्यालले जानकारी दिए ।

‘सुरुमा आईसीयू बेड १६ सय थियो । अहिले २६ सय स्ट्याण्डबाई छ, निजी क्षेत्रको बाहेक’ सचिव अर्याल भन्छन्, ‘टिचिङ अस्पताल, प्रहरीको अस्पताल, धुलिखेलको अस्पताल, अञ्चल अस्पतालहरु, संघ र जिल्ला अस्पतालहरुमा समेत गरी करिब ५ सय आईसीयू बेड थप्नको लागि बजेटको व्यवस्था गरिसकेका छौं । यसरी आईसीयू बेडको संख्या पनि ३१ सय पु¥याउन लागिएको छ ।’

संक्रमणको दर हेर्दा अझै आईसीयू बेड थप्नुपर्ने देखिएको उनले बताए ।

स्वयंसेवी खटाउने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा कोरोना भाइरसका संक्रमितको अवस्था बुझ्न स्वयंसेवी खटाउने तयारी गरेको छ ।

‘उपत्यकाको हकमा को मान्छेको अवस्था कस्तो हो ? आईसीयूमा बस्नुपर्ने हो वा होइन अथवा कहाँ बस्नुपर्ने हो ? भन्ने अनुगमन गर्न खोजिरहेका छौं’ सचिव अर्यालले भने ।

सचिव अर्यालले कोरोना रोकथामका लागि केन्द्र सरकारको मात्र मुख नताक्न स्थानीय तहहरुलाई आग्रह गरेका छन् । स्रोतसहितको अधिकार स्थानीय तहमा रहेको भन्दै उनले स्थानीय तहबाट न्युनीकरणका लागि गर्नुपर्ने दायित्व पूरा गर्न भनेका छन् । ( अनलाइन खबरबाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

मकवानपुरगढीका विद्यालयमा रैथानेबालीको परिकार बनाउने तालिम

हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

धन्दुरी खोलाको पानी साविक मकवानपुरगढीमा ल्याईने

मकवानपुरगढीका एमाले नेता रुम्बालाई पितृ शोक

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.