• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पढाइ हुने

गोविन्द शर्मा तिमल्सिना२०७७ आश्विन ६ गते, मंगलवार ०६:४३ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुर – वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पठनपाठन हुने भएको छ । स्थानीय पालिकाले आफ्ना नीति तथा कार्यक्रममा ‘भाषा नीति तथा मातृभाषा शिक्षा’ पारित गरि बजेट छुट्याएका छन् ।

कोरोना भाइरसका कारण पठनपाठन अघि बढ्न नसकेको ती पालिकाहरुले जनाएका छन् । भाषा आयोगले गरेको अध्ययनको आधार र नेपाल तामाङ घेदुङको अनुरोधमा पालिकाले बजेटको व्यवस्था गरेका हुन् । काभ्रेको चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम स्थानीय भाषाअन्तर्गत मातृभाषा पढाउनु तीन आर्थिक वर्षदेखि बजेट छुटाउँदै आएका बताए । जनप्रतिनिधिमा चुनिएर आएलगत्तै तामाङ भाषा पठनपाठनका निम्ति बजेट पहल गरेको तर विज्ञ र सरोकार राख्ने समाजले चासो नदिएकाले कार्यान्वयन हुन नसकेको उनले बताए ।

‘मेरो क्षेत्रमा तामाङ जातिको बाहुल्य छ र उनीहरू छोरोछोरीमात्र पढ्ने माध्यमिक विद्यालय छ,’ यो वर्षबाट मातृभाषा पठनपाठनका निम्ति तामाङ घेदुङसँग सम्झौता गरेको उल्लेख गर्दै अध्यक्ष गौतमले भने, ‘घेदुङले पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने जिम्मा लिएको छ । कोरोना भाइरसले गर्दा ढिलो भइरहेको छ । पाठ्यपुस्तक पायौं भने यो वर्ष दुई–चार वटा विद्यालयमा लागू गर्ने योजना छ ।’

घेदुङका महासचिव बाबु घिसिङका अनुसार मातृभाषा पठनपाठनका निम्ति पाठ्यक्रम निर्माण भई पाठ्यपुस्तकको डमी तयार रहेको छ । ‘घेदुङले वाग्मती प्रदेशको १३ वटै जिल्लाका ३२ वटा पालिकासँग तामाङ मातृभाषा पठनपाठनका निम्ति सम्झौता गरेको छ,’ उनले भने, ‘कोभिड–१९ गर्दा कार्यक्रम अघि बढ्न ढिलाइ भइरहेको छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण टोलीले डमी तयारी गरिसकेको छ ।’ तामाङ भाषाको चारवटा भाषिका ९क्लस्टर० छुट्याएर त्यसैअनुसार पाठ्यपुस्तक निर्माण गरिएको उनले बताए । त्रिशूलीपारि रसुवा, नुवाकोट र धादिङ क्लस्टर, त्रिशूलीवारि नुवाकोट, काठमाडौं, काभ्रे, सिन्धपाल्चोक क्लस्टर, काभ्रेको तेलाम तथा ललितपुर, सिन्धुपाल्चोक क्लस्टर र पूर्वी क्लस्टरअन्तर्गत मकवानपुर, दोलखा, रामेछाप लगायत जिल्ला रहेका छन् ।

तामाङ भाषा लेखनमा देवनागरी र तामयिग लिपिमा प्रयोग गरिँदै आएको छ । यसअघि शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ५ सम्म तामाङ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक देवनागरी लिपिका माध्यमबाट पठनपाठन गरिँदै आएको थियो । घेदुङले यो पटकबाट तामयिग लिपिको माध्यमबाट पाठ्यपुस्तक निर्माण तयार गरेको छ ।

वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले निर्माण गरेको ‘शिक्षा नीति, २०७७’ मस्यौदामा ९।५ मा ‘शिक्षण सिकाइमा विद्यार्थीको मातृभाषा तथा लिपिको प्रयोग गर्ने’ उल्लेख छ ।

तथ्यांकअनुसार देशभरिमा तामाङ जातिको जनसंख्या १५ लाख ४० हजारभन्दा बढी छ । तामाङ जातिको कूल जनसंख्याको ७४ दशमलव ८ प्रतिशत वाग्मती प्रदेशमा बसोबास रहेको छ । यो संख्या १० लाख १२ हजार ९ सय हो । इकान्तिपुरबाट ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

राहत शिक्षकहरु आज पनि विरोधमा

प्रस्तावित शिक्षा विधेयक सकरात्मक छ : प्याब्सन

कक्षा १२ को पूरक (ग्रेड वृद्धि) परीक्षाको समय तालिका परिवर्तन

नेपाल रेडक्रसको स्थापना दिवसमा हेटौंडा उपशाखाद्वारा वक्तृत्वकला प्रतियोगिताको आयोजना

रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन निर्देशन

आधुनिक माबिमा युवा रेडक्रस सर्कल

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.