• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

राप्रपाको एकता महाधिवेशन वैशाख २५–२८ मा, निर्वाचन चिह्न गाई औपचारिक रूपमा परित्याग

गोविन्द शर्मा तिमल्सिना२०७७ आश्विन ६ गते, मंगलवार १६:२९ 4 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो निर्वाचन चिह्न गाई औपचारिक रूपमा परित्याग गरेको छ ।

राप्रपाको कार्यसम्पादन समिति बैठकले मंगलबार चुनाव चिह्न हलो तय गर्ने निर्णय गरेको हो ।

पार्टीको झण्डामा भने गाई राख्ने निर्णय भएको छ । योसँगै चुनाव चिह्नबारे ६ महिनादेखि रहँदै आएको विवाद टुंगिएको छ भने राप्रपाको एकता महाधिवेशन वैशाख २५ देखि २८ सम्म आयोजना हुने भएको छ ।

राप्रपा समूहहरूबीच २४ फागुनमा पछिल्लोपटक पार्टी एकीकरण भएको थियो । पार्टी एकतापछिको पहिलो कार्य सम्पादन समिति बैठकले चुनाव चिह्न तथा पार्टीको महाधिवेशन तय गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीको एकता महाधिवेशन वैशाख २५ देखि २८ सम्म हुनेछ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले चुनाव चिह्न हलो हुने प्रस्ताव गरेका थिए भने अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समर्थन गरेका थिए ।

पार्टीका अर्का अध्यक्ष पशुपतिशमशेर राणाले पार्टी एकताको स्पिरिटअनुसार अब अघि बढ्ने र राप्रपालाई शक्तिमा रूपान्तरण गर्ने बताएका छन् ।

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच आइतबार नै चुनाव चिह्न हलो राख्ने सहमति भएको थियो जसलाई थापा नेतृत्वको पूर्वराप्रपा समूहले सोमबार अनुमोदन गरेको थियो ।

यसअघि राप्रपाको चुनाव चिह्न गाई थियो भने राप्रपा संयुक्तको हलो थियो । राप्रपाको झण्डा, अन्तरिम विधानमा टेकेर गत फागुन २४ मा पार्टी एकता गर्ने समझदारी गरे पनि उनीहरूले ६ महिनाभित्र उपयुक्त निकायबाट चुनाव चिह्न टुंग्याउने सहमति गरेका थिए ।

त्यसका लागि श्याम तिमल्सिना, विक्रम पाण्डे, राजेन्द्र लिंदेनलगायतका नेता रहेको कार्यदल गठन भए पनि कार्यदलले चुनाव चिह्न शीर्ष नेताले टुंग्याउनुपर्ने सुझाब दिएको थियो । शीर्ष तहमा छलफलपछि पार्टी एकता जोगाउन हलो चिह्न स्वीकार गरिएको थापाले आइतबार बैठकमा बताएका थिए ।

थापाले २८ फागुनमा पार्टी एकता घोषणा समारोहमा श्रीमदभावगत गीता छोएर पार्टी फुटाउन नदिने कसम खाएका थिए ।
तत्कालीन राप्रपा नेपाल (कमल थापा) र राप्रपा (पशुपतिशमशेर राणा)बीच ०७३ मंसिर ६ मा पार्टी एकीकरण भयो भने फागुन ६ गते एकता महाधिवेशन भयो । महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित भएका थिए ।

एकतापछि केन्द्रीय समिति बैठकले फागुन १९ मा चुनाव चिह्न गाई हुने निर्णय गरेको थियो । जसलाई राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले विरोध गरेका थिए भने स्थानीय तहको निर्वाचनपछि पशुपतिशमशेर राणाले २२ साउन ०७४ मा राप्रपा प्रजातान्त्रिक नामक बेग्लै दल दर्ता गरेका थिए । लोहनीले एकीकृत राप्रपा राष्ट्रवादी नामको दल स्थापना गरे ।

राणा र लोहनीबीच पार्टी एकता भएर राप्रपा संयुक्त बन्यो । राणा समूहका नेता दीपक बोहरा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेपछि पार्टी एकता प्रक्रिया सुरु भयो ।

०७६ साउन २५ गते पार्टी एकता गर्ने निर्णय भएको थियो, तर २४ गते अध्यक्ष पशुपतिशमशेर राणाले पछि गरौँ भनेपछि एकता भएन ।

तीन महिनापछि तीन अध्यक्ष रहने गरी पार्टी एकता गर्न थापा, राणा र लोहनी सहमत भए । ०७६ कात्तिक २५ गते एकता घोषणा सभाका लागि राष्ट्रिय सभाको हल बुक भयो ।

राप्रपा नेताद्वय नीलकण्ठ काफ्ले र उद्धव पौडेलले राष्ट्रिय सभाको हल बुक गरे, तर चुनाव चिह्नमा कुरा मिलेन, त्यसवेला पनि एकता हुन सकेन । त्यसवेला राप्रपाले गाई हुनुपर्ने अडान राख्यो भने राप्रपा संयुक्तले हलो मान्नुपर्ने अडान राख्यो ।

त्यसवेला हुन नसकेको एकता ०७६ फागुन २४ गते भयो । एकता हुँदा चुनाव चिह्न ६ महिनामा तय गर्ने सहमति भयो ।
तर, तत्कालीन राप्रपा संयुक्तका शीर्ष नेताले हलो चुनाव चिह्न कायम गर्ने भद्र सहमतिका आधारमा पार्टी एकता भएको बताउँदै आएका छन् ।

‘पार्टीको केन्द्रीय समितिसहितका निकायमा राप्रपाबाट ५५ प्रतिशत र राप्रपा संयुक्तबाट ४५ प्रतिशत कायम गर्ने तथा चुनाव चिह्न हलो राख्ने भद्र समझदारी थियो,’ एकजना शीर्ष नेताले नयाँ पत्रिकासँग भने, ‘तर, पार्टीभित्रको आन्तरिक समीकरणका कारण निर्णय गर्न समय लागेको हो ।’

यसबीचमा निर्वाचन चिह्न के हुने भन्ने विवाद चुलिँदै गएका कारण पार्टी फुटको संघारमा पुगेको थियो ।
एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष थापाले गत फागुन २८ गते गीता छोएर पार्टी फुट्न नदिने संकल्प गरेअनुसार गाई चिह्न त्यागेर हलो चुनाव चिह्न हुने गरी पार्टी एकता जोगाउने निर्णयमा पुगे ।

चुनाव चिह्न गाई हुनुपर्ने पक्षमा बलियो अडान लिएका नेता एवं सांसद राजेन्द्र लिङ्देनसहितका नेताले सहमति गरेपछि थापाले हलोका पक्षमा निर्णय गरेका हुन् ।( नयाँपत्रीकाबाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

सडक दुर्घटनामा परी २८१ जनाको मृत्यु

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.