
मकवानपुर – काठमाडौंबाट हेटौंडा आउँदै गरेको स्कर्पियो गाडी पहिरोले पुर्दा १ जनाको ज्यान गएको छ ।


बा १७ च ४८७४ नंबरको स्कर्पियो गाडी मकवानपुर जिल्लाको ईन्द्रसरोबर गाउँपालिका वडा नं २ अन्तर्गत देउराली नजिक पहिरोले पुरिदा १ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
पहिरोसँगै ठूलो ढुङ्गा खस्दा स्कर्पियो पुरिएको र अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेको पहिचान हुन बाँकी छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1