
मकवानपुर – बिहिवार (आज) देशभरमा गरि १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको छ ।


यसैगरी गत २४ घण्टामा कोरोना संक्रमण निको हुनेको संख्या ४५७ रहेकोे छ । अहिलेसम्म देशभरमा गरि ५० हजार ४११ जना संक्रमणबाट मुक्त भएका छन् । हाल देशका विभिन्न क्वारेन्टाइनमा ६ हजार ५६५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।
यसैगरी २४ घण्टामा कोरोनाका कारण १७ जनाले ज्यान गुमाएको प्रवक्ता गौतमले बताए । ज्यान गुमाउनेमा ५ जना महिला र १२ जना पुरुष रहेका छन् । जसअनुसार प्रदेश १ मा २ महिला १ पुरुष गरि जम्मा ३ जना , प्रदेश २ मा ३ पुरुष , बागमती प्रदेशमा ३ महिला ४ पुरुष गरि जम्मा ७ जना , गण्डकी प्रदेशमा १ पुरुष र प्रदेश ५ मा ३ जना पुरुषको ज्यान गएको छ ।