
मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिकामा हालसम्म २२ जना कोरोना संक्रमित भएका मध्ये १६ जना संक्रमण मुक्त भएका छन् । संक्रमित भएका मध्ये वडा नम्बर ३ मा ६ जना महिला र १३ जना पुरुष गरि जम्मा १९ जना , वडा नम्बर ५ मा २ जना पुरुष र वडा नम्बर ७ मा १ जना पुरुष रहेको छन् ।


यसैगरी संक्रमण मुक्त हुनेमा ३ जना महिला र १३ जना पुरुष रहेको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिदुर लामिछानेले बताउनुभयो । र अहिले पनि ३ जना महिला र ३ जना पुरुष गरि ६ जना होम आइसोलेसनमा नै उपचाररत रहेका छन् र उनिहरु वडा नम्बर ३ का ३ जना महिला २ जना पुरुष गरि ५ जना र वडा नम्बर ७ का १ जना पुरुष रहेका र उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य प्रमुख लामिछानेले बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1