
मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे कोरोना मुक्त भएका छन् ।


आफ्नै परिवारका सदस्यलाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेका घिमिरेलाई पनि परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । गत २० दिन देखी होम आइसोलेसनमा बसेका वडा अध्यक्ष घिमिरेको हिजो कोरोना नेगेटिभ रिपोर्ट आएको उनले बताएका छन् ।
परिवारका २ सदस्यलाई कोरोना पोजेटिभ देखिएकोमा उनीहरुको पनि कोरोना नेगेटिभ रिपोर्ट आईसकेकोले वडाध्यक्ष घिमिरे परिवार अहिले कोरोना मुक्त भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिदुर लामिछानेले बताए ।
आफु होम आइसोलेसनमा बसेका बेला सिघ्र स्वास्थ्यलाभको कामना गर्ने आफ्ना सुभेच्छुकहरुलाई आभार प्रकट गर्दै अब भोलि देखि नै जनताको काममा लाग्ने घिमिरेले बताएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1